Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महोत्तरीमा बेपत्ता ५ किशोरी भेटीए

२३ बिहिबार , कार्तिक २०८०एक बर्ष अगाडि

महोत्तरीमा बेपत्ता ५ किशोरी भेटीए

महोत्तरीमा एकैसाथ घरबाट निस्केर बेपत्ता भएका ५ जना किशोरीहरु भेटिएका छन् । मंगलबार दिउँसो एकैसाथ घरबाट निस्केका उनीहरू बेपत्ता भएका थिए । उनीहरू केहीबेर अघि ढल्केबरबाट प्रहरीको सम्पर्कमा आएका छन् ।

महोत्तरीको औरही नगरपालिका-२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा पाँचै जना किशोरी मंगलबार दिउँसो एकैसाथ घरबाट निस्केका थिए । उनीहरु केहि समय अघिमात्र सम्पर्कमा आएका हुन् ।

प्रहरीका अनुसार उनीहरु सम्पर्कमा आएपनि घर जान नमानेको र मेयरकोमा जाने बताएका छन् । परिवारबाट यातना दिएको हुनाले उनीहरु घर छाडेर हिँडेको र बाहिर जान लागेको प्रहरीको भनाई छ  ।

यसअघि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले पाँचै जना किशोरी योजना बनाएरै निस्केको हुनसक्ने अनुमान रहेको बताएका थिए । उनीहरू कुन लोकेसनमा छन् भन्ने थाहा हुन नसकेको र खोजी भईरहेको थियो ।

पाँच जनामध्येको एकजनाले हिजो आफ्नी आमालाई फोन गरेर चिन्ता नलिनु हामी सुरक्षित छौं भनेको र त्यसपछि फेरि मोबाइल स्विच अफ गरेको बताईएको थियो । किशोरीहरुले घर नफर्किने अडान लिएपछि प्रहरीले नगरको जिम्मा लगाउने तयारी गरेको छ ।