Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जाजरकोटमा भूकम्प मापनयन्त्र जडान

२३ बिहिबार , कार्तिक २०८०एक बर्ष अगाडि

जाजरकोटमा भूकम्प मापनयन्त्र जडान

जाजरकोटमा गत शुक्रबार गएको भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । भूकम्प पछी निरन्तर जाने गरेको पराकम्पन वास्तविक तथ्य लिनका लागि भूकम्प मापनयन्त्र जडान गरिएको हो ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम अहिले पनि  जारी छ  ।

गत शुक्रबार गएको भूकम्प पछी हालसम्म ४६६ भन्दा बढी पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ  । हाल उक्त स्थानमा गईरहेको पराकम्पनको वास्तविक तथ्य लिने गरी यन्त्र जडान गरिएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताएका छन्  ।

देशका विभिन्न स्थानमा रहेका ४२ वटा यन्त्रबाट भूकम्पको तथ्य सङ्कलन गरेर केन्द्रले भूकम्प गएको सूचना दिने गरेको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीको भनाई रहेको छ ।

पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भूकम्प जाने क्रम जारी रहेको बेला यहाँको थप जानकारी तथ्यपरक रूपमा लिनका लागि यस यन्त्रले सघाउने भएको हुदा उक्त भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको हो ।