Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अख्तियारद्धारा १० कर्मचारीविरुद्ध मुद्धा दायर

२२ बुधबार , कार्तिक २०८०एक बर्ष अगाडि

अख्तियारद्धारा १० कर्मचारीविरुद्ध मुद्धा दायर

तत्कालीन ५ मालपोत अधिकृतसहित १० जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । पर्साका तत्कालीन मालपोत अधिकृतहरु हरिनारायण मिश्र,भुपबहादुर बोगटी,गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल र चन्द्रबहादुर भण्डारी सहित १० जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको बताईएको छ । ९ बर्ष अघि पर्साको मालपोत कार्यालयको रजिष्ट्रेसन फाँट ‘ग’ का कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका लिखतबाट उठेको राजस्व नियम अनुसार दाखिला नगरी हिनामिना गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।

जसमा आयोगले तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रले २ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ, मालपोत अधिकृतहरू भुपबहादुर बोगटीले १ करोड ४९ लाख ६९ हजार १ सय ३५ रुपैयाँ, गोपालबहादुर ढुंगानाले ३५ लाख ४५ हजार ९ सय ५० रुपैयाँ, पदमप्रसाद अर्यालले १६ लाख ८१ हजार ६०० रुपैयाँ र चन्द्रबहादुर भण्डारीले २ लाख ४४ हजार ४ सय ६२ रुपैयाँ हिनामिना गरेकाले दोब्बर जरिवानाको मागदाबी गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्यसैगरी तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध पनि मुद्दा दायर गरिएको छ । तिवारीले १ करोड ४१ लाख ४७ हजार १ सय ७१ रुपैयाँ र उपाध्यायले ५ करोड ५५ लाख १९ हजार ९ सय ७५ रुपैयाँ हिनामिना गरेको दाबीसहित उक्त मुल्यको दोब्बर जरिवानाको माग गर्दै आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले नायव सुब्बा किरणप्रसाद उपाध्यायबाट असुलउपर गर्नुपर्ने रकम उनका छोराबाट दामासाहीले असुलउपर गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको जनाईएको छ ।