Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दुई दर्जन ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण

२२ बुधबार , कार्तिक २०८०एक बर्ष अगाडि

दुई दर्जन ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण

सन्तोषजनक काम नभएका दुई दर्जन ठेकेदार कम्पनीलाई सरकारले सात दिने लिखित स्पष्टीकरण सोधेको छ । सन्तोषजनक काम नगरेको भन्दै २२ वटा ठेकेदार कम्पनीलाई  स्पष्टीकरण सोधिएको हो ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिस गरिएको कम्पनीहरुलाई कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

सात दिन भित्र स्पष्टीकरण चित्तबुझ्दो नआएमा सरकारले कालोसूचीमा राख्ने गर्दछ । कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाइँने छैन ।

स्पष्टीकरण सोधिएका कम्पनिहरु

१. श्री इजोन निर्माण सेवा च.ना- ३ जुम्ला
२. श्री रोहित निर्माण सेवा, वेल्वा- पर्सा
३ श्री सिभिल डेस्क इन्जिनियरिङ कन्सल्टेन्सी प्रा. लि पुल्चोक ललितपुर 
४. श्री भूमी इन्फ्रास्ट्रक्चर प्रा. लि बिराटनगर मोरङ
५ श्री शिवालय विल्डर्स हेटौंडा-६, मकवानपुर 
६. श्री धिताल विल्डर्स नौबस्ता-८ बाँके 
७. श्री कुटुम्बा कन्ट्रक्सन ठाकुरबाबा-९ बर्दिया
८. श्री प्रेम निर्माण सेवा प्रा.लि गुलरिया-४ बर्दिया
१०. श्री गजुरमुखी निर्माण कम्पनी प्रा.लि, ईलाम
११. श्री M/S Behadababa Nirman Sewa धनगढी-८ कैलाली
१२. श्री Balaji Nirman Sewa, Bhratapur-12 Chitawan.
१३. श्री त्रिवेनि निर्माण सेवा, पुम्दिभुम्दी-४ कास्की 
१४. श्री आयुष एन्ड अनुष कन्ट्रक्सन एन्ड सप्लायर्स, भिमाद-१ तनहु
१५. श्री नव निर्माण बिल्डर्स प्रा.लि जनकपुर-७ धनुषा 
१६. श्री प्रकृतिक/कश्यप/समीर जेभी कलकी, काठमाडौं 
१७. श्री रुपन्देही बिल्डर्स एन्ड कन्ट्रक्सन, काठमाडौं -१४
१८. श्री देउती बज्यै निर्माण सेवा प्रा.लि बासगाढि-५,बर्दिया
१९. श्री लोहनी एन्ड ब्रदर्श प्रा.लि भरतपुर-७ चितवन
२०. श्री प्रसाद कन्ट्रक्सन कोहलपुर-५ बाँके 
२१. श्री  Panchapuri Construction, Surkhet
२२. श्री AK´s Construction भरतपुर, चितवन लगयतका रहेका छन्  ।