Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रिगलपछिको रियल राजनीति

२२ बुधबार , कार्तिक २०८०एक बर्ष अगाडि

रिगलपछिको रियल राजनीति

काठमाडौं । सरकार र राष्ट्रपतिको सेटिङमा ज्यानमारा योगराज ढकाल उर्फ रिगलको कैद मिनाहा सर्वोच्चले बदर गरिदिएपछि रियल राजनीतिक परिदृश्य देखिएको छ । सरकार र राष्ट्रपतिमा नैतिक संकट परेको छ ।
रिगलले आत्मसमर्पण गरे, अदालतमाथि विश्वास राखे । कानुनको पालना गर्ने र गराउने दायित्व बोकेका प्रधानमन्त्री राष्ट्रपति सार्वजनिक नैतिक दबाबमा भए पनि नैतिकता देखाउन सकेनन् । कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा बदर गरेको थियो ।
नजीर र कानुनी प्रकृयाको त्रुटीपूर्ण प्रयोग भएको जनाइसकेपछि सरकार र राष्ट्रपतिले आत्मालोचना अथवा कमजोरी भएको स्वीकारसमेत गरेनन् ।
आगामी दिनमा यसरी कैद कट्टा गर्दा वा कैद मिनाहा गर्दा पिडितको मञ्जुरी लिन र कानुनका शर्तको समुचित पालना गर्न, अदालतका फैसला अनुकुल निर्णय गर्न सर्वोच्चले परमादेश दिएको छ । 
अदालतको आदेश सुनेपछि अनसनमा रहेकी पीडित चेतन मानन्धरकी श्रीमती इजलासमै चिच्याएर रोइन, न्याय मरेको रहेनछ भनेर अदालतलाई ढोगेकी थिइन् ।