Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फेरि बिनासकारी भूकम्पको पीडा

२२ बुधबार , कार्तिक २०८०एक बर्ष अगाडि

फेरि बिनासकारी भूकम्पको पीडा

सुरेश कुमार पाण्डें– - - - 
शुक्रवार राति आएको भुकम्प बाट  अहिले सम्म आएको जानकारीनुसार । करिब पौने दुई सयजनाको मृत्यु र एक सय चालिस जना घाइते भयको पुष्टी भएको छ ।भनिन्छ संख्या बढ्न सक्छ ।
खाना खाएर सुतेका ती निर्दोष आत्माहरूको आधारातपछिको दर्दनाक अबस्था ।
उनिहरू कहिल्यै नउठ्नेगरी चिर निन्द्रामा पुगे ।
शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ  । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको  जनएकाछन् ।
मापन केन्द्रले जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेको छ  । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ  ।पश्चिम रूकूममा पनि ठुलो जनधनको नोक्सान भएको छ । भने दाङ प्यूठान लगायत देशका कयौं ठाउंहरूमा भुइचालको झट्का भएको छ ।
अहिले सम्मको जानकारी – जाजरकोटमा ९२ जना मृत्य, ५५ जना घाइते र रूकुम पश्चिममा ३६ जनाको मृत्यु , ८५ जना घाइते भएको समाचार प्राप्त भएको छ  । जाजरकोटको नलगाड नगरपालिका, दल्लीका नगर उप–प्रमुख सरिता सिंह ठकुरीको पनि भूकम्पमा परी निधन भएको खबर छ । भूकम्पमा परी मृत्यु हुनु भएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । भुइचालो प्रकृतीको मार हो । यो आपत अबस्था हामिले रोक्न नसकेपनि राहत कार्यमा जुट्नु पर्छ । सरकार तथा गयर सरकारी संग संस्थाहरूले हातेमालो गरेर यो बिनासकारी आपतमा घाइते भएकाहरूलाई सक्दो राहत उपलब्द गराउंनु अहिले हामी सबैको जिम्मेवारी र कर्तव्य हो ।
तर लगातार देशमा आएको भुइचाल बाट पनि शिक्षा लिएर देशको बनजङ्गलमा उत्खनन् र फडानी कार्यलाई रोक्नुपर्दछ ।अहिले देशमा लगातार रूख बिरूवाको फडानी र सेता काला ढुङ्गाहरूको उत्खनन्ले पनि यस्ता भुइचाललाई थप श्रोत जुटाइदिएका हुन्छन् ।विस.२०७२सालम आएको महा बिनासकारी भुइचालबाट पनि शिक्षा नलिएका नालायक नेताहरूले अहिले शिक्षा लेलान भन्न सकिदैन् ।
देशमा यो आकास्मिक आएको भुइचाल पनि होइन । धेरै पहिले देखुन प्रकृतीले झट्का दिएर इसारा पनि नगरेको होइन ।ठाउंठउमा भुइचालले देशलाई हल्लाउंदै आएको छ ।हामी विबस छौं रून बाध्य छौं तर पहिले देखुन सजग र सचेत हुंन सरकारको तर्फबाट पनि कुनै पहल हुंदैन् ।मरेपछा थई भन्ने र श्रद्धाञ्जली दिने बाहेक आर्को काम हुनसकेको छैन् ।
हुन त यस्तो प्रकारको बिनासकारी प्रकृती प्रकोपलाई रोक्न सकिंदैन् ।तरपनि भबिश्यमा संसारभरीमा नयां नयां आविस्कारहरू गर्दै आएका विज्ञानिकहरूले यो बिनासकारी भुंइचालोको अध्यायन गर्ने र कुनै खोज गर्नैपर्दछ । ठूला ठूला आणबिक हतियार,बम गोलाजस्ता बिनासकारी तत्व बनाउंन सक्नेहरूले यो भुंकम्पको बारेम पनि अध्यायन र यसलाई रोक्ने उपायको बारेमा नयाँ खोज गर्नुपर्ने हो ।
आज देशभित्रको कहालिलाग्दो अवस्थामा आर्को यो विनासकारी आपत आइपरेको छ । यस्तो दुःखद घडिमा सबैले मिलेर घटनामा परेका व्यक्तीहरूको उपचार गर्न सहयोग गरौं । अहिले सम्म फेला परेका मृतकहरू र घाइतेहरूलाई खोजबिन र  उपचार गर्नेतिर सबैको ध्यान जाओस् ।
यो हृदयबिदारक घडीमा धेरै लामो लेख नलेख्दै मात्र मृतकहरू सबैलाई हार्दिक श्रद्धाञ्जली । घटनामा परेर घाइते भयकाको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।