Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भूकम्प पीडितका लागि कांग्रेसको ५० लाख सहयोग

२१ मंगलबार , कार्तिक २०८०एक बर्ष अगाडि

भूकम्प पीडितका लागि कांग्रेसको ५० लाख सहयोग

नेपाली कांग्रेसले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । पिडितलाई राहत प्रदान गर्ने उद्देश्यले ५० लाख रुपियाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो ।

गत शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पमा परि पिडित भएका परिवारका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालागयत नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सो चेक हस्तान्तरण गरेका हुन् ।

भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि ५० लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरणमा सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई २५ लाखको चेक हस्तान्तरण गरेको छ । अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरूको सहयोगका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका नेताहरुले तत्काल भूकम्प पीडितलाई उद्धार, राहत र पुनर्स्थापना गर्न सरकार सँग आग्रह गरेका छन् ।