Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पाटन अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द

२१ मंगलबार , कार्तिक २०८०एक बर्ष अगाडि

पाटन अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द

चिकित्सक माथि हातपात गरेको विरोधमा पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन् । उपचाररत विरामीको मृत्यु भएको विषयलाई लिएर चिकित्सक माथि हातपात भाएपछि त्यसको विरोधमा अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारिएको हो ।

गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो । गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तहरुले हातपात गरेको उनिहरुले बताएका छन् ।

चिकित्सकहरुले कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएको र हातपात गर्ने मानिसलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।