Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तापक्रम घट्दो सतर्क रहन आग्रह

२० सोमबार , कार्तिक २०८०एक बर्ष अगाडि

तापक्रम घट्दो सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागले तापक्रम घट्दो क्रममा रहेकाले सतर्क रहन आग्रह गरेको छ । तापक्रम घटेर १० डिग्री सेल्सियस सम्म पुएपछी चिसो बढेकाले सतर्क रहन विभागले आग्रह गरेको हो ।

हिजो आइतबार काठमाडौंको १०.८ डिग्री सेल्सियस रहेको मौसम आज बिहान हल्का बढेर १२ डिग्री सेल्सियस रहेको विभागले जनाएको छ । दिउसको समयमा हल्का तातो महसुस भएपनि बिहान बेलुकी चिसो बढेकाले सतर्क रहन विभागले आग्रह गरेको हो ।

यो वर्ष हालसम्म सबैभन्दा कम काठमाडौंको तापक्रम १० डिग्री सेल्सियससम्म पुगेको छ । अक्टोबर २२, २३ र २४ मा काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस थियो । त्यसयता भने काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि नै रहेको छ ।