Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भाटभटेनीका सञ्‍चालकले गरे भूकम्प पीडितका लागि आर्थिक सहयोग

२० सोमबार , कार्तिक २०८०एक बर्ष अगाडि

भाटभटेनीका सञ्‍चालकले गरे भूकम्प पीडितका लागि आर्थिक सहयोग

गत शुक्रबार बेलुकी जाजरकोट र रुकुममा आएको भूकम्पमा परि पिडित बनेका परिवारका लागि भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्‍चालक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सञ्‍चालक गुरुङले भाटभटेनीका तर्फबाट उक्त रकम प्रदान गरेका हुन् ।

कोषका लागि गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । साथै गुरुङले भाटभटेनीका तर्फबाट भूकम्प पीडितका लागि खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

भाटभटेनीले यसअघिका पनि भूकम्प लगायत कोभिड, बाढीपहिरो जस्ता दैवी विपत्तिमा मानवीय सहयोग गरेको बताउदै गुरुङले पश्‍चिम नेपालका नेपाली दाजुभाइले भोग्‍नु परेको विपत्तिमा सम्पूर्ण देशवासीले साथ दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

सञ्‍चालक गुरुङले भूकम्पमा परि घाइतेहरुको शिघ्र स्वस्थ्य लाभको कामना गर्दै भूकम्पमा परी ज्यान गुमाउनेहरुमा श्रद्धाञ्‍जली तथा शोक सन्तप्त परिवार जनप्रति समवेदना व्यक्त गरेका छन् । 

शुक्रबार राति ११:४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा हालसम्म १५७ जनाले ज्यान गुमाएका छन् भने १७० जना भन्दा बढी घाईते भएका छन् ।