Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

टी-२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले दियो ओमानलाई १८५ रनको लक्ष्य

१९ आइतबार , कार्तिक २०८०एक बर्ष अगाडि

टी-२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले दियो ओमानलाई १८५ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाउदै ओमानलाई १८५ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि गुलशन झाले सर्वाधिक ५४ रन बनाए । २५ बलमा ५ चौका र ४ छक्का हानेका गुल्सन विलाल खानको बलमा शकिल हमिदको हातबाट क्याच आउट भएका थिए । भने कप्तान रोहित पौडेल ५२ र करण केसी २० रनमा नटआउट रहे ।

यसअघि घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा ५ रनले पराजित भएको थियो । नेपालले सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउदै फाईनलमा पुगेको थियो भने ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र ओमान दुबै टिमले आगामी वर्ष टी-२० विश्वकप अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप यात्रा पक्का गरिसकेका छन् ।

अहिले ओमानले नेपाल विरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।