Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि असर्फी र चाँदीका सिक्क बिक्री सुरु

१९ आइतबार , कार्तिक २०८०एक बर्ष अगाडि

आजदेखि असर्फी र चाँदीका सिक्क बिक्री सुरु

आजदेखि नेपाल राष्ट्र बैंकले तिहारको लागि सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । राष्ट्र बैंक टक्सार महाशाखाले आजदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्न सुरु गरेको हो ।

राष्ट्र बैंकले तिहार (धनतेरस) को अवसरमा सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको बताएको छ । जसमा सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको बिक्रीमा ल्याएको छ भने चाँदीको सिक्का २५ ग्राम र १० ग्रामको बिक्रीमा ल्याएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

केन्द्रीय बैंकका अनुसार सुनको असर्फीको मूल्य १० ग्रामको १ लाख २ हजार ३ सय ६५ रुपैया, ५ ग्रामको ५१ हजार १ सय ८३ र २.५ ग्रामको २५ हजार ५ सय ९२ रुपैया तोकिएको छ । त्यस्तै चादीको सिक्का १० ग्रामको मूल्य १ हजार ६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ रहेको छ ।

चाँदीको सिक्का २५ ग्रामको गाई अंकित, १० ग्रामको गाई अंकित, १० ग्रामको लक्ष्मी अंकित, १० ग्रामको गणेश अंकित र १० ग्रामको गजलक्ष्मी अंकित सिक्काहरु रहेका छन् । जसमा सुनको असर्फीको मूल्य हरेक दिन परिमार्जन हुने केन्द्रीय बैंकले जनाएको छ ।