Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ललितपुर महानगरले बल्खुदेखि बालकुमारीसम्म स्मार्ट सडकबत्ती थप्दै

१९ आइतबार , कार्तिक २०८०एक बर्ष अगाडि

ललितपुर महानगरले बल्खुदेखि बालकुमारीसम्म स्मार्ट सडकबत्ती थप्दै

ललितपुर महानगरपालिकाले बल्खु देखि बालकुमारीसम्म स्मार्ट सडकबत्ती थप्ने भएको छ  । महानगरपालिकाभित्र पहिलो र दोस्रो चरणमा राखिएका स्मार्ट सडकबत्ती बल्न थालेपछि तेस्रो चरण अन्तर्गत बल्खुदेखि बालकुमारीसम्म स्मार्ट सडकबत्ती थप्न लागेको हो ।

महानगरले तेस्रो चरणको सडकबत्ती राख्न टेन्डर आह्वान गर्न लागेको बताईएको छ । जसका लागि महानगरले यसै साताभित्र टेन्डर आह्वान गर्ने गरी काम भइरहेको र त्यसका लागि तयारी पूरा भइसकेको समेत जानकारी दिएको छ ।

महानगरका प्रवक्ता राजु महर्जनका अनुसार पहिलो र दोस्रो चरणमा निर्माण भएको सडकबत्ती र महानगरभित्र ११ ठाउँमा राखिएको ‘हाई मास्ट’ (उच्च मात्रामा प्रकाश दिने बत्ती)बाट राम्रो प्रतिक्रिया आएपछि तेस्रो चरणको काम थाल्न टेन्डर आह्वान गर्न लागिएको हो । तेस्रो चरणअन्तर्गत बल्खुदेखि बालकुमारीसम्म ७ दशमलव ९ किलोमिटर क्षेत्रमा सडकबत्ती जडान गरिने छ ।

करिब दुई करोडको लगानीमा बन्ने स्मार्ट सडकबत्तीका लागि महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत सहयोग रहने बताईएको छ । थप्न लागिएको सडकबत्ती  चालू आर्थिक वर्षभित्रै जडान भइसक्ने छ ।

महागनरले पहिलो चरणअन्तर्गत यसअघि २०७७ फागुन महिनामा ६ सयवटा स्मार्ट सडकबत्ती जडान गरेको थियो । महानगरले कुपन्डोल, सातदोबाटो, पुल्चोक, ग्वार्को र मंगलबजार क्षेत्रको ११ स्थानमा राखेको स्मार्ट सडकबत्ती सञ्चालनमा समेत आइसकेको छ ।

त्यस्तै दोस्रो चरणअन्तर्गत कुपन्डोल, लगनखेल, पुल्चोक, धापाखेल, झम्सीखेल, हरिसिद्धि, बुङमती, खोकना, फर्सीडोल, पाटनढोका, मंगलबजार, सुनाकोठी, खोकना, भैँसेपाटी हुँदै गोदावरी नगरपालिकाको सीमासम्मका  क्षेत्रमा करिब १४ सय स्मार्ट सडकबत्ती जडान गरिएको छ ।