Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सडक अवरुद्ध हुँदा भूकम्प प्रभावितको उद्धारमा समस्या

१९ आइतबार , कार्तिक २०८०एक बर्ष अगाडि

सडक अवरुद्ध हुँदा भूकम्प प्रभावितको उद्धारमा समस्या

शुक्रबार राति गएको भूकम्पको कारण सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको उद्धारमा समस्या भएको छ । भूकम्पको कारण धेरै ठाउँमा सुख्खा पहिरो गएको र केही ठाउँमा पुल तथा मोटर बाटो भासिएकाले यातायात नचल्दा घाइतेको उद्धारमा कठिनाइ भएको हो ।

जाजरकोट-डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएको छ । पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ । रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामीलाई ल्याउनु पर्ने भए पनि पुल भासिएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

शुक्रवार राति गएको भूकम्पले जाजरकोटको नलगाठ र रुकुम पश्चिमको आठविसकोटमा धेरै क्षति भएको छ । हालसम्म भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको निधन भइसकेको छ भने २ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि सोही स्थान केन्द्रबिन्दु भएर शुक्रबार राति १२ः८ बजे ४ दशमलव ५, १२:२९ बजे ४ दशमलव २, १२:३५ बजे ४ दशमलव ३ र शनिबार दिउँसो ३:४० बजे ४ दशमलव २ रेक्टरस्केलको चारवटा पराकम्प गएको थियो । अहिले भूकम्प प्रभावित स्थानहरुमा उद्धार र राहतका कामहरु शुरु भएको छ ।

त्यस्तै रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ रेक्टर स्केल र बिहान ४:५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको बताईएको छ  ।