Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यूएईले दिएको १३५ रनको लक्ष्य पुरा गरे नेपाल टी-२० विश्वकपमा छनोट हुने

१७ शुक्रबार , कार्तिक २०८०एक बर्ष अगाडि

यूएईले दिएको १३५ रनको लक्ष्य पुरा गरे नेपाल टी-२० विश्वकपमा छनोट हुने

आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा यूएईले नौ विकेटको क्षतिमा १३४ रन बनाएको हो ।

आजको खेलमा यूएईका लागि भृत्य अरविन्दले ६४, मोहम्मद वासीमले २६, अलिशान शरफुले १६ र आसिफ खानले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालको तर्फबाट कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई, सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिएका थिए । अहिले नेपालले ब्याटिङ शुरु गरेको छ भने युएईले दिएको १३५ रनको लक्ष्य पुरा गरे नेपाल टी २० विश्वकपमा छनोटमा पुग्नेछ ।