Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाल टी-२० विश्वकप छनौटका लागि सेमिफाइनलमा युएई सँग भिड्दै

१७ शुक्रबार , कार्तिक २०८०एक बर्ष अगाडि

नेपाल टी-२० विश्वकप छनौटका लागि सेमिफाइनलमा युएई सँग भिड्दै

टी-२० विश्वकप छनौटको सेमिफाइनलमा आज नेपाल युएईसँग भिड्दै छ । मुलपानी क्रिकेट मैदानमा हुने आजको सेमिफईनल खेलमा नेपाल युएईसँग भिड्न लागेको हो ।

आजको खेलमा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । युएईका कप्तान मुहमद वासीमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

नेपालको आजको खेलमा यस अघि घाइते रहेका दीपेन्द्रसिंह ऐरी खेल्ने भएका छन् भने सन्दीप जोरा बाहिर रहेका छन् । यसअघिको खेलमा नेपाल ओमान सँग पराजित भएको थियो । नेपाली टोलीले आजको खेल जिते मात्र आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाउने छ ।

नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव, सन्दीप लामिछाने रहेका छन् ।