Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काभ्रेबाट १० क्विन्टल चिनी बरामद

१७ शुक्रबार , कार्तिक २०८०एक बर्ष अगाडि

काभ्रेबाट १० क्विन्टल चिनी बरामद

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलसँग सिमाजोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट तस्करी गरि ल्याईएको चिनी बरामद गरिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ वटा बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको हो ।

विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । जसकाकारण प्रहरीले उक्त राजमार्गमा नियमितरुपमा यातायातका साधन चेकजाँच गरिरहेको पनि श्रेष्ठले बताए ।

यसअघि यही कात्तिक पहिलो साता सोही राजमार्गबाट राजस्व छली गरेर ल्याएको ९२ बोरा चिनी प्रहरीले ट्रकबाट बरामद गरेको थियो । उक्त ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान प्रहरीले बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।