Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट खेलमा ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

१६ बिहिबार , कार्तिक २०८०एक बर्ष अगाडि

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट खेलमा ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको जारी खेलमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ । ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएसंगै नेपाललाई १४६ रनको लक्ष्य दिएको हो ।

नेपालका तर्फबाट बलर करन केसीले ३, सोमपाल कामीले २, सन्दीप  लामिछानेले २ र गुलशन झा र अभिषेक बोहराले १ विकेट लिंदै ओमानलाई १४५ रनमा रोकेका  थिए । लामिछानेले एउटै ओभरमा ओमानका दुई जना ब्याटरलाई पेबेलियन फर्काएका थिए ।

ओमानका ब्याटर जिसन मक्सुदले ३२ र प्रतीक अथाभलेले २४, साकिल अहमदले नटआउट २२ रन र आयन खानले १८ रन बनाएका थिए । अन्य ब्याटरले ठूलो योगदान गर्न सकेनन् । समान दुई खेलमा ४ अंक भए पनि ओमान नेट रनरेटका कारण शीर्षस्थानमा छ । दुवै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् ।

आजको विजेता टोलीले समूह ‘बी’ को उपविजेता टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल प्रवेश गर्ने दुई टोलीले २०२४ मा वेष्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्कप खेल्नेछन् । आजको खेलमा त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका थिए ।