Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सरकारी कार्यालयको समय एक घण्टा छोटियो

१६ बिहिबार , कार्तिक २०८०एक बर्ष अगाडि

सरकारी कार्यालयको समय एक घण्टा छोटियो

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म दिन छोटो हुने भएकाले सरकारी कार्यालयको समय एक घण्टा छोटिएको छ । यसअघि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय समय रहेकोमा एक घण्टा कम गर्दै बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै कार्यालय समय हुने भएको हो ।

आगामी माघ महिनाको १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजे तोकिएको छ । तर, शुक्रबार दिउँसो ३ बजेसम्म मात्रै कार्यालय खुल्ला हुने छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु भने माघ १५ गतेसम्म शुक्रबार बिहान १० बजे खुलेर दिउँसो साढे १ बजेसम्म मात्रै खुल्ला हुनेछन् ।

जाडो समयमा दिन छोटो हुने भएकाले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय एक घण्टा कम हुने गरेको हो । माघ १६ गत्ते देखि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सरकारी कार्यालयहरु खुल्ला हुनेछन ।