Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतीय सयपत्री फूलको माला आयातमा रोक

१६ बिहिबार , कार्तिक २०८०एक बर्ष अगाडि

भारतीय सयपत्री फूलको माला आयातमा रोक

नेपाल सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरीले सूचना प्रकाशित गर्दै सयपत्री फूलको माला आयातमा रोक लगाएको बताएको हो ।

आउदै गरेको हिन्दुहरुको दोश्रो ठुलो चाड तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाइएको बताईएको छ । गत कात्तिक १ गतेदेखि नै लागू हुनेगरी माला आयातमा रोक लगाईएको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रको सूचना अनुसार यस वर्षको तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा २०८० कात्तिक १ गतेदेखि अर्को निर्णय नभएसम्मको लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको बताईएको  छ ।

केन्द्रले इजाजतपत्र बेगर आयात गरिएको वस्तु अवैध हुने भन्दै त्यस्ता अवैध सामाग्री भेटिएमा कानूनबमोजिम जफत तथा दण्ड सजाय हुने चेतावनी समेत दिएको छ ।  साथै यसवर्ष सरकारी तथा नीजि संस्थाहरुको संयन्त्रबाट अनुगमन कडा गरिनेसमेत सूचना मार्फत प्रष्ट पारेको छ ।