Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाली गोलाभेडाले बजार पाउदैन, ५२ करोडको गोलाभेडा आयात हुन्छ

१५ बुधबार , कार्तिक २०८०३ बर्ष अगाडि

नेपाली गोलाभेडाले बजार पाउदैन, ५२ करोडको गोलाभेडा आयात हुन्छ

नेपालको किसानले उत्पादन गरेको गोलभेडाको बजार मूल्य नपाउने गरेको हाम्रो देशमा एक आर्थिक बर्षमा झन्डै ५५ करोडको गोलभेडा आयात भएको दिखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मत्रै भारत, ईन्डोनेसिया बाट मात्रै ५२ करोड ६४ लाखको गोलभेडा आयात गरिएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ५२ करोड  ६४ लाख रुपैयाँको गोलभेँडा आयात भएको छ । भन्सार विभागले दिएको जानकारी अनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको ३९ करोड ५२ लाख किलोग्राम गोलभेँडा आयात भएको हो ।

नेपालमा भारत र इण्डोनेसियादेखि गोलभेँडा आयात हुने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको यो अवधिमा यी दुई मुलुकमध्ये भारतबाट सबैभन्दा धेरै गोलभेँडा आयात भएको छ । भारतबाट ५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा भित्रिएको छ ।

यस्तै, इण्डोनेसियाबाट ११ हजार रुपैयाँको ६२५ किलोग्राम गोलभेँडा आयात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी, ९ महिनाको अवधिमा उक्त मूल्यको गोलभेँडा आयात हुँदा राज्यले ४ करोड ७६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।