Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उपत्यकामा सवारी दुर्घटनामा परि १ वर्षमा १ सय ७८ जनाको मृत्यु

१५ बुधबार , कार्तिक २०८०एक बर्ष अगाडि

उपत्यकामा सवारी दुर्घटनामा परि १ वर्षमा १ सय ७८ जनाको मृत्यु

चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा काठमाडौं उपत्यकामा ९ हजार ६ सय ८३ सवारीसाधन दुर्घटना हुँदा १ सय ७८ जनाले ज्यान गुमाएका छन् । चालू आवको साउनदेखि जेठ मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा गरि सवारी दुर्घटनामा १ सय ७८ जनाले ज्यान गुमाएका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ९ हजार ६ सय ८३ सवारी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी २ सय ४२ जना गम्भीर घाइते र ७ हजार ३ सय ६३ जना सामान्य घाइते भएका छन् ।

सवारी दुर्घटनामा परेर मृत्यु हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटरचालक रहेको बताईएको छ । उक्त अवधिमा मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाट ९३ जनाले ज्यान गुमाएका छन् । जसमा पैदलयात्री ५६, साइकलयात्री ४, ट्रक, बस र कार दुर्घटनामा ३/३ जना माइक्रोबस तथा टिपरमा २/२ जना र लोडर दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमध्ये पुरुषको संख्या बढी रहेको छ । जसमध्ये १ सय ३५ पुरुष र ४३ महिलाको दुर्घटनामा मृत्यु भएको बताईएको छ । मृत्यु हुनेमध्ये धेरैजसो १७ देखि ३५ वर्ष उमेर समूहका छन् । त्यसमा १७ देखि ३५ वर्षसम्मका ९२, ३५ वर्षभन्दा माथि उमेर समूहका ७५ र १६ वर्षमुनि उमेर समूहका ११ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाभित्रको सवारीसाधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा १ हजार ८ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालित छन् । हाल देशभर ३० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहेको मध्ये काठमाडौं उपत्यकामा मात्रै १२ देखि १५ लाख सवारीसाधन सञ्चालनमा रहेको बताईएको छ ।