Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

खुला कारागारको अवधारणा अन्तर्गत दुई हजार कैदी जेल बाहिर बस्ने

१५ बुधबार , कार्तिक २०८०३ बर्ष अगाडि

खुला कारागारको अवधारणा अन्तर्गत दुई हजार कैदी जेल बाहिर बस्ने

सरकारले ल्याउन लागेको खुला कारागारको अवधारणा अन्तर्गत पहिलो चरणमा झन्डै दुई हजार कैदीले जेलबाहिर बस्ने सुविधा पाउने भएका छन् ।
समय समयमा कारागारमै उपस्थित हुनुपर्ने गरी जेल बाहिर बसेर कैद भुक्तान गर्न सक्ने गरी कार्यविधि बनेको र सोहि अनुसार कैदीले जेलबाहिर बस्ने सुविधा पाउने भएका हुन् ।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार खुला कारागार व्यवस्थापन कार्यसञ्चालन कार्यविधि बनेर कार्यान्वयनको चरणमा पुगेको बताईएको छ ।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहसचिव भट्टराईले ‘पहिलो चरणमा दुई हजार कैदीले उक्त सुविधा पाउँने बताए  । 
एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुरदारले यस्तो सुविधा पाउँने उनको भनाई थियो । 
जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी, तेजाब आक्रमण, मानव बेचबिखन, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना, मानवताविरुद्धको अपराधजस्ता नकारात्मक सूचीका अपराधमा संलग्न कसुरदारले भने उक्त सुविधा पाउने छैनन् ।