Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतीय सैनिकलाई कतारमा फासी

१४ मंगलबार , कार्तिक २०८०एक बर्ष अगाडि

भारतीय सैनिकलाई कतारमा फासी

काठमाडौं । कतारको अदालतले भारतका जल सेनाका ८ अधिकारीलाई फाँसीको सजाय सुनाएको छ । मोदी सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरूलाई जोगाउन सबै कानुनी विकल्पहरू खोजिने भनेको छ ।
समाचारअनुसार फाँसीको सजायँ सुनाइएका आठ भारतीय नागरिकहरू भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरू हुन् । उनीहरू कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए । उनीहरूमाथि संवेदनशील सूचना इजरायललाई बेचेको आरोपमा फाँसीको सजाय सुनाइएको हो । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीसँग शुरूआती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ । हामी फाँसी दिने फैसलाबाट स्तब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं । हामी उनीहरूका परिवारका सदस्यहरू र कानूनी टिमसँग सम्पर्कमा छौँ। हामीले यो घटनालाई सर्वोच्च प्राथमिकताका साथ हेरिरहेका छौँ र यो कुरालाई कतारको प्रशासनसमक्ष राख्नेछौँ ।’
चुनावको मुखमा आएर कतारमा भारतीय सैनिक नै जासुसीमा पक्राउ पर्नु र कतारको सूचना युद्धमा होमिएको इजरायललाई बेचेको आरोप कतारी अदालतमा सिद्ध हुनुले भारतका प्रम नरेन्द्र मोदीलाई चुनावी परिणाममा असर गर्ने पक्का छ ।