Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

समाज अपराधिकरण गरिदै

१४ मंगलबार , कार्तिक २०८०एक बर्ष अगाडि

समाज अपराधिकरण गरिदै

काठमाडौं । हत्या आरोपमा जन्मकैद पाएका रिगल उर्फ योगराज ढकाललाई संविधान दिवसका दिन माफी दिइयो । किन दिइयो, सरकार र राष्ट्रपतिलाई बाहेक कसैलाई पनि थाहा छैन । किनकि यो संगतिपूर्ण माफी हुँदै होइन ।
६७० लाई माफी दिइयो, त्यही भीडमा यी हत्यारालाई पनि माफी भयो । यी बाँकेका कांग्रेसी कार्यकर्ता हुन् । ढकालले २०७२ असार २८ गते खुँडा हानेर २९ वर्षका चेतन मानन्धरको हत्या गरेका थिए । जिल्ला अदालत बाँकेले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैद (२० वर्ष) को सजाय सुनाएको थियो । उच्च अदालतले यही फैसलालाई सदर गरेको थियो ।
रिगल तरूण दल बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति भए पनि उनलाई ‘गुन्डा नाइके’ भनेर चिनिन्छ । उनी छुट्दा कांग्रेसले ठूलै उत्सव मनाएको देखियो ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा भ्रष्टाचार, यातना, जबरजस्ती करणी, क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेकोलगायतका कसुरका कसुरदारलाई भएको सजाय माफी गर्न नसकिने उल्लेख छ । तर १० दलीय गठबन्धन सरकारले कांग्रेसको कानेखुसीलाई मान्नु स्वभाविक थियो, कानुन मिचियो ।
यसअघि टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई माफी दिइएको थियो ।
संविधान दिवस, गणतन्त्र दिवसका अवसर पारेर लेनदेन मिलाउने र जेल सजाय भोगिरहेका अपराधीलाई माफी दिने कुकर्म भइरहेको छ । राजनीतिकोअपराधीकरण भएकैले कैद माफी पाएका अपराधी रिहा हुन्छन् र यसरी छुटेका अपराधीले फेरि हत्या, समाजविथोल्ने कार्य गर्छन् भने यसमा जिम्मेवार कैद माफी दिने नै हुनुपर्छ ।
जिलासको न्यू क्लोथ अर्थात नाङ्गो राजाको कथाका पात्रहरू बन्न पुगेका छन् सरकार र राष्ट्रपति समेत । न्यायालयले यसमा बोल्नुपर्छ, आमनागरिकले राष्ट्रपति र सरकारमा बस्नेहरूलाई खरी घस्नुपर्छ । समाजलाई अपराधीकरण गर्न पाइदैन । समाजमा पराध फैलाउनु भनेको लोकतन्त्रलाई बिकृत बनाउनु हो । सरकारको सिफारिसमा बिचारै नगरी राष्ट्रपतिले जन्मकैदवालालाई कैद मिनाह गरे, महिना दिन नबित्दै त्यो अपराधीले हत्या ग¥यो, पक्राउ प¥यो ।
असोज ३ गते कैद मिनाह पाएका रूकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ सिम्लीका ३३ बर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले मुसीकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरिदिए, पक्राउ परे । सरकार प्रमुख र राष्ट्रप्रमुखले यस विषयमा मुख खोलेनन्, आत्मालोचना पनि गरेनन् ।
लेनदेन वा जुनसुकै विषयको विवादले हत्या होस्, हत्या भयो । हत्यारा हत्या अभियोगमा छुटेका व्यक्ति हुन्, छुटाएको सरकार र राष्ट्रपतिले हो । प्रहरीले घटनास्थलबाट चक्कु, मोबाइल, लोकबहादुरको घरबाट ८५ हजार ८३५ रूपैयाँ बरामद गरेको छ । ०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाएका लोकबहादुर ०७९ फागुन १४ गते जेल परेका थिए । अर्थात नेपालमा कानुन छ भन्ने स्थिति रहेन, सत्तामा बस्नेले नै स्वार्थका लागि कानुन मिच्ने क्रम बढेको छ ।