Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

घिटघिटे सार्कमा बंगलादेशी महासचिव

१४ मंगलबार , कार्तिक २०८०एक बर्ष अगाडि

घिटघिटे सार्कमा बंगलादेशी महासचिव

काठमाडौं । सन २०१४ मा नेपालमा सार्क सम्मेलन भयो । नेपाल अध्यक्ष बन्यो । २०१४ देखि नेपाल नै अध्यक्ष छ, सार्क सम्मेलन हुनसकेको छैन । सन २०१६ मा पाकिस्तानमा सार्क सम्मेलन हुनुपर्ने थियो, काश्मिरमा भारतीय सेनामाथि आक्रमण भयो भन्ने बहाना बनाएर भारतले चासो दिएन, सार्क सम्मेलन हुनसकेन । नेपाल अध्यक्ष रहेको सार्क ८ वर्षदेखि घिटघिटे अवस्थामा छ ।
१९ सार्क सम्मेलन पाकिस्तानमा हुनुपर्ने तालिका थियो, हुनसकेन । गत सेप्टेम्बरमा न्यूयोर्कमा सार्क राष्ट्रका परराष्ट्र मन्त्रीहरूको भेट भएको थियो, त्यहाँ पनि सार्कबारे निर्णय हुनसकेन । अब सार्क छ, नाममात्रमा सिमित भएको छ ।
यस्तो मरेतुल्य सार्कमा बंगलादेशका भेटेरान कूटनीतिज्ञ गोलाम सरवार १५औं महासचिव नियुक्त भएर कार्यभार सम्हाल्न थालेका छन् । यी भेटेरान कूटनीतिज्ञले सार्क सम्मेलन सम्भव बनाउन भूमिका खेल्न सक्लान् र ? अध्यक्ष राष्ट्र नेपालको सत्ताधारी दशै दल भारतको इसारामा उठबस गर्ने खालका क्रियाकलापमा देखिएकाले पनि भारतको संकेतबिना सार्क सम्मेलन हुनसक्ने सम्भाबना क्षीण रहेको छ । भारतमै पुगेर पनि नेपालको चुच्चेनक्सा देखाउन नसक्ने सरकार प्रमुखले, राष्ट्रसंघका महासचिवलाई चुच्चे नक्सा उपहार दिन नसक्ने सरकार र ठूला दलहरूले सार्कलाई ब्यूँताउन सक्ने देखिदैन ।