Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

होनहार मन्त्रीको गलत काम

१४ मंगलबार , कार्तिक २०८०एक बर्ष अगाडि

होनहार मन्त्रीको गलत काम

काठमाडौं । मन्त्री धनराज गुरूङको साख निकै अग्लो थियो । जब कानुन मन्त्री भए यिनले आफ्नो खुट्टामा आफै बन्चरो हाने, भएको साख मटियामेट भयो ।
वकिलको परीक्षामा फेल भएकालाई यिनले न्यायाधीश नियुक्त गराइदिए । उपप्राध्यापक कुट्नेको मुद्दा फिर्ता लिइदिए । बालकृष्ण खाणलाई थुनामा राख्न आदेश दिने न्यायाधीशलाई सुदुरपश्चिममा सरूवा गरेर कारवाही गरे । यिनै कानुन मन्त्री हुन्, जसले सर्वोच्च अदालतले जन्मकैद फैसला गरेको ज्यानमारा अपराधीलाई संविधान दिवसको अवसर पारेर आममाफी दिलाई दिए । यिनै धनराज गुरूङ हुन जसले नकाम सबै गरे ।
मन्त्री नहुन्जेल न्यायका कुरा गर्ने धनराज गुरूङ, कानुनमन्त्री भएपछि कानुनमाथि नै धाँधली गर्न पुगे । कांग्रेसभित्र होनहार नेतामा गनिने धनराज गुरूङ्, सत्तामा रहेका १० दल जसको दबाबमा निर्णय गरे पनि यिनले कांग्रेसलाई बदनाम गरिदिए, युवा कांग्रेसको समेत हुर्मत लिइदिए, देउवाका बफादार बने ।
वीपीका अनुयायी हुँ भन्ने धनराज गुरूङले वीपीको सिद्धान्तलाई समेत कुल्चेनन्, विधिको शासन र प्रजातन्त्रको मर्ममाथि समेत प्रहार गरे । यिनको कृयाकलाप देखेर धेरै कांग्रेसीजनले धनराज गुरूङको नामै सुन्न नचाहने बनेका छन् ।