Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई नैतिक संकट

२३ मंगलबार , आश्विन २०८०एक बर्ष अगाडि

राष्ट्रपति र प्रधानमन्त्री
दुबैलाई नैतिक संकट

योगराज ढकाल अर्थात रिगल भनिने बाँकेका गुण्डा नाइकेलाई सरकारले आममाफी दिने जुन निर्णय ग¥यो र राष्ट्रपतिले आँखा चिम्लेर प्रमाणिकरण गरिदिए, यो काण्ड सर्वोच्च पुगेको छ, सडकमा यो प्रकरणले उग्र रूप लिएको छ, यही काण्डले राष्ट्रपति र प्रचण्ड सरकार नैतिक संकटमा परेका छन्, सरकार र राष्ट्रपति गणतन्त्रवादी हुन्, लोकतन्त्रवादी हुन् भने सडकदेखि सदनसम्म राजीनामा दिनैपर्ने दबाबमा छन् ।्
कानुनविदहरूले समेत प्रश्न उठाएका छन्– यो पद्धति रिगल कि लिगल ? गृहमन्त्री त सुन काण्डको छानबिनदेखि नै बिबादमा परेका छन् । प्रतिपक्षलाई डाम्ने र सत्ताधारी १० दलका कोही परे भने सुनपानी छर्कने दुईथरि नीति लिंदा गृहमन्त्री नारायणकाजीको जुन इमेद थियो, धुमिल बनेको छ ।
सत्ताधारी कांग्रेसका सांसदले नै जेलमा बसेका अदालतबाट जन्मकैद फैसला भएका जो जोलाई गणतन्त्र र संविधान दिवसका नाममा छोडिएको छ, ती सबैको विषयमा छानबिन गर्न आवाज उठाएका छन् । कस्तो सरकार यो ?