Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

धर्मनिरपेक्ष राष्ट्रमा फूलपातीको तैयारी

२३ मंगलबार , आश्विन २०८०एक बर्ष अगाडि

धर्मनिरपेक्ष राष्ट्रमा
फूलपातीको तैयारी

धर्मरत्न श्रेष्ठ - - - 
धर्मनिरपेक्ष संविधान त लेखियो, हिन्दुधर्मका विशेषताहरूलाई मटियामेट गर्न सकेनन् लोकतन्त्रवादी नामधारीहरूले । बरू उल्टै भारतका विभिन्न तीर्थस्थल पुगेर, पशुपतिमा टाउको झुकाएर, अन्य मठ मन्दिरमा गएर वामनेताहरूले आशीर्वाद थापेको दृश्य रमाइलै छ । यी कस्ता नेता हुन्, जो धर्मनिरपेक्षवादी छन् तर हिन्दुधर्मका आस्थालाई नकार्न सक्दैनन् । अचम्म त के पनि छ भने यिनका परिवारजन जो बिते, तिनलाई पशुपतिको आर्यघाटमै लगिन्छ, सेनाबाटै अन्तिम श्रद्धाञ्जली धून बजाउन लगाइन्छ र स्वर्गानुभूति गरेको दृश्य पटक पटक देखिन्छ ।
शिवरात्रिको प्रचलन कायमै छ । कुमारी जात्रा भनौं कि अन्य हिन्दु पर्व परम्परा कायमै छन् । सनातनदेखि चलिआएका यी परम्परा यी नेताले हटाएर हटाउन सक्ने विषय थिएनन् । यसैले त यतिबेला टुडिखेलमा फूलपातीको बढाईँको तैयारी जोडतोडका साथ भइरहेको छ । यो पर्वमा राज्यसत्ताका सबै सामेल हुनेछन् ।
नेपाली राष्ट्रियताको जागरणमा कम्युनिस्टहरूको भूमिका महत्त्वपूर्ण र ऐतिहासिक छ । गैर वामपन्थीका तुलनामा वामपन्थीहरू राष्ट्रियताका प्रश्नमा कैयौँ कदम अगाडि देखिन्छन् पनि, तर उनीहरूको आन्दोलन कहिल्यै परिणाममुखी हुनसकेन । फगत एक आकर्षक नारा बनेर रह्यो । यस्तै नारा हो नाममात्रको अग्रगमन ।
साँच्चै ढुंगाको अक्षर हिन्दुराज्य हटाइएकै हो भने नवरात्रीको राजकीय फूलपाती बढाईं र शिवरात्रीको परेड प्रदर्शन कसले रोक्न सक्छ ? माधव नेपालले माग त गरे– हेरौं लामो दशैं छुट्टी काटेर देखाऊ । कर्मचारीहरूलाई दशैं पेश्की नदिएर देखाउ । राष्ट्रिय सेनाको त्रिशुल डमरू प्रतीक चिन्ह फेरेर त के छोएर मात्रै 
देखाऊ ! अर्थात्, संविधान धर्मनिरपेक्ष, सनातनी परम्परा, संस्कृति हिन्दुवादी ।