Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनले नेपालसग विश्वास खोज्नेछ

०२ मंगलबार , आश्विन २०८०एक बर्ष अगाडि

चीनले नेपालसग विश्वास खोज्नेछ

काठमाडौं । २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपाल भ्रमण गर्दा चीनविरोधीलाई धुलोपिठो पार्ने सन्देश दिएर गएका थिए । त्यसपछि नेपालले चीनसँग विश्वास बढाउनेभन्दा गुमाउने कर्म गर्दै आएको छ ।
असोज ५ गते चीन पुग्ने प्रम प्रचण्डले  सीसँगको भेटमा कसरी विश्वस्त पार्लान् ?
चीनको नयाँ नक्सा, नेपालको नयाँ नक्सालाई अस्वीकार किन गरेको ? चीनसँगका पारवहन र यातायात सम्झौतामा कुरा होलान् ? चीनलाई  नेपालले सन्तुलनको बाटो छोड्न थालेको, एकातर्फ ढल्किन थालेको र चीनसँगको सम्बन्धलाई कम आँक्न वा महत्व दिन थालेको हो कि भन्ने शंका छ । यी तमाम शंका मेटाएर प्रम प्रचण्डले नेपाल–चीन सम्बन्ध पुनर्ताजगी गराउन सक्लान् ? 
प्रम प्रचण्डले २०१७ मा नेपालले सही गरेको बीआरआईमा छानिएका ९ आयोजनाको कार्यान्वयन, विद्युत व्यापार, निर्यातका विषय, नाका खोलिनुपर्ने, जन–जन सम्बन्ध र दुई देशबीच भएका सम्झौता कार्यान्वयन हुन्छ भन्न सक्लान् ?