Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

साल्ट ट्रेडिङ कर्पोरेशनको ६१औं स्थापना दिवस

२९ शुक्रबार , भाद्र २०८०१० महिना अगाडि

साल्ट ट्रेडिङ कर्पोरेशनको ६१औं स्थापना दिवस

साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले भदौ २७ गते केन्द्रिय कार्यालय कालिमाटीमा एक भव्य समारोहको आयोजना गरेर ६१औं स्थापना दिवस मनाएको छ । कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिप लाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको समुदघाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गर्नुभएको थियो ।
कार्यक्रममा सरकारका पदाधिकारी तथा निम्तालु बर्गलाई कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले स्वागत गर्दै उपभोक्ताको विश्वासले साल्ट टे«डिङ कर्पोरेशन अनेक आरोह अवरोह पार गर्दै ६१औं स्थापना दिवस मनाउन सफल भएकोमा उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा सामाजिक उत्तरदायित्व अझ सबल तरिकाले निर्वाह गर्ने प्रतिवद्धतासहित आम उपभोक्ताहरुको हितलाई केन्द्रमा राख्दै व्यवसायिक क्रियाकलाप गर्दै जाने बताउनुभयो ।
संस्थाको स्थापना बारे बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आम जनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई आफनो सेवा सेवा प्रारम्भ गरेको ६० बर्ष पुरा गरेको बताउनुहुँदै भन्नुभयो– ‘कर्पोरेशनले आफनो प्रतिबद्धता अनुसार आम जनतालाई सुपथ एवम् सहज रुपमा गुणस्तरिय उपभोग्य वस्तुहरुको उपलब्धतालाई निरन्तरता प्रदान गरिने छ । कर्पोरेशनले आपुर्ति र वितरणको क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्दै बिषम परिस्थितीका बाबजुद पनि आम उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको छ भने भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
उहाँले कर्पोरेशनले आयोडिनयुक्त नुन र अन्य दैनिक उपभोग्य एवम अत्यावश्यकीय वस्तुहरुको बिक्री वितरण, अनुदानित र गैर अनुदानित मलको आपूर्ति गर्दै आईरहेको बताउनु हुँदै निकट भविष्यमा आफनै कारखानाबाट तोरीको तेल उत्पादन गर्न गईरहेको थप जानकारी समेत दिनुभयो । 
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले खेलेको भूमिका उल्लेखनीय छ भन्दै नेपाल सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरुन् भन्ने चाहन्छ भन्नुभयो । मन्त्री रिजालले लोककल्याणकारी कार्यमा अग्रसर रहदै कर्पोरेशनले उद्योग व्यापार मार्फत देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकोमा खुशी पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति सचिव मुकुन्द निरौलाले ६ दशक अघि नुनको कारोबारबाट व्यवसाय शुरु गरि हाल सेवा विविधिकरण गर्दै सरकारको सहयात्रीको रुपमा काम गर्दै आएको बताउनुभयो । कृषि सचिव डा. गोविन्द शर्माले कर्पोरेशनले समयमै रासायनिक मल आपूर्ति तथा वितरण गर्नुका साथै उत्पादकत्व बृद्धिमा समेत योगदान पु¥याएकोमा प्रशंसा गर्नुभयो ।
संस्थाका कर्मचारी संगठनका अध्यक्ष मेघराज ज्ञवालीले साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड कर्मचारीहरुले मेहनत र कर्तव्यबोधका साथ काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले साल्ट ट्रेडिङले बजार प्रणालीलाई चुस्त राख्न सरकारलाई पूर्ण रुपले सघाउँदै आएको र सरकारको निर्देशनको पूर्ण पालना गर्दै सामाजिक उत्तरदायित्वको निर्वहनका साथै दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन प्रयास गर्दै राष्ट्रहितका निम्ति थप दायित्व उठाएर अघि बढने बताउनु भयो । उहाँले रासायनिक मल, एलपी ग्यास, हाउजिङ, वित्त, कृषि, लगायतका विविध क्षेत्रमा लगानी बिस्तार गरि सेवा विविधिकरणमार्फत अघि बढ्दै जाने पनि बताउनु भयो ।
कार्यक्रमको मुख्य आकर्षण थियो– बालबालिकाहरुको संरक्षणमा सक्रिय संस्थाहरुलाई बालहितकारी पुरस्कार बितरण । उत्कृष्ठ सेवा दिने कर्मचारीलाई प्रशंसापत्र र एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने कर्मचारीका छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान ।