
हुम्ला, सिमिकोट । जहाज पर्खिँदै मर्नुपर्ने समस्या कहिलेसम्म ? नियमित उडान हुननसक्दा चार बालक जहाज आउला र अस्पताल जाउँला भनेर कुर्दाकुर्दै मृत्युको मुखमा परेका छन् ।
जिल्ला अस्पताल रिफर गर्ने, यातायातको सुविधा छैन, जहाज नआउँदा अस्पतालको शैयामै ज्यान गुमाउनु पर्ने यो कस्तो लोकतन्त्र हो ? शक्तिशालीका लागि विदेश पनि सहज हुने, बिकट जिल्लाका नागरिकका लागि स्वदेशकै अस्पताल पनि भाग्यमा नहुने ? रिपोर्ट अनुसार ज्यान गुमाउनेहरूमा सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली–४ का पाँच महिनाका बालक सन्देश लुवार रहेका छन् । यति संवेदनशील विषयमा कहाँ छ सरकार ?