Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रचण्डसँग विप्लवको साँच्चिकै खटपट हो ?

१४ बिहिबार , भाद्र २०८०एक बर्ष अगाडि

प्रचण्डसँग विप्लवको साँच्चिकै खटपट हो ?

विप्लव र प्रचण्डवीच एमसीसीलाई लिएर खटपट देखिन्छ । यद्यपि प्रचण्ड सरकारले एमसीसी भदौ १३ बाट कार्यान्वयनमा ल्याइसक्यो । प्रधानमन्त्री आशंक व्यक्त गर्छन्, भर्खरै समाजवादी मोर्चामा सामेल भएका विप्लव नेपाली जनताले एमसीसी स्वीकार नगरेको भन्दै कार्यान्वयन हुन नदिने चेतावनी दिइरहेका छन् ।
भदौ १३ गते अर्थमन्त्री र अमेरिकी एमसीसी उपाध्यक्षवीच हस्ताक्षर भएर कार्यान्वयनमा गएको छ । नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगाएतका दलले गरेको विरोध प्रदर्शनमा विप्लवले मुलुकको संसदलाई देश बेच्ने अधिकार नभएको र संसदले पारित गरेको एमसीसी जनताले स्वीकार नगरेको अवस्थामा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । विप्लवकै स्वरमा भीम रावल, युवराज संग्रौलाले समेत एमसीसी विकास होइन, नेपाली सार्वभौमिकताको विनास हो भन्ने विचार प्रकट गरेका थिए । विप्लवले सरकारले उचालेको भरमा एमसीसी अघि बढाउन खोजे जनविद्रोह गर्ने बताएका छन् ।
विप्लवले सरकार विकासको होइन, साम्राज्यवादको पक्षमा उभिएको आरोप लगाएका छन् ।