Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पार्टीहरूको दोहोरो चरित्र

१४ बिहिबार , भाद्र २०८०एक बर्ष अगाडि

पार्टीहरूको दोहोरो चरित्र

चार किसान संगठनहरु अखिल नेपाल किसान महासंघका भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका रामदुलार महतो र अखिल नेपालप्रगतिशील किसान संघका दुर्गाप्रसाद जैसीले एक वक्तव्य प्रकाशित गर्दै राष्ट्रघाती एमसीसी सम्झौता फिर्ता गर भनेका छन् । वक्तव्यमा भनिएको छ–
नेपालको राष्ट्रिय स्वाधीनता, सार्बभौमिकता,संबिधान र असंलग्न परराष्ट्र नीतिको मर्म र भावना बिपरीत रहेको अपमानजनक एमसीसी सम्झौताका बिरुद्ध नेपाली जनताका बिभिन्न तह र तप्काका सचेत जन समुदायको ब्यापक बिरोध हुँदाहुँदै ब्याख्यात्मक टिप्पणीको पर्दा हालेर पारित गरिएको राष्ट्रघाती त्यो एमसीसी सम्झौताका बिरुद्ध अहिले पनि नेपाली किसानको सचेत तप्का सहीत ब्यापक जन असन्तोस र बिरोध ब्याप्त छ ।
यस परिप्रेक्षमा बिद्यामान राष्ट्रब्यापी असन्तोषका बीच त्यस्तो अपमानजनक सम्झौता लागु गर्न र नेपाललाई बाह्य शक्तिको खेल मैदान बनाउने स्थान दिन खोज्नुले आफ्नो अस्तित्वदेखि बर्तमानसम्म बाह्य शक्तिको प्रत्यक्ष उपनिवेश बन्न नपरेको नेपाल र नेपाली जनतालाई पराधीनताको पासोमा पार्ने तारतम्यमा फँसाउँदै लगिएको प्रष्ट देखिन्छ ।
अतः नेपाल नेपालीको मान मर्दन गर्ने, छिमेकी देश सहीतको नेपलको पररष्ट्र सम्वन्धमा खलल पुर्याउने र अन्ततः नेपाललाई युद्ध मैदानमा परिणत गर्ने यो सम्झौता ससम्मान फिर्ता गराउन हामी चार किसान संगठनहरु जोडदार माग गर्दछौं । अन्यथा साम्राज्यबाद बिरुद्ध, नेपाली जनताका अन्य तह र तप्काका संघर्षशील जन समुदायसँगै हामी पनि एकाकार भएर जानुको कुनै बिकल्प नरहने कुरा प्रष्ट छ ।