
कौडिन्य पदम – -
जुम्ला जिल्लाको सदरमुकाम जुम्ला खलंगा बजारको पूर्व बग्ने तिला र जवा नदिको दोभानको सिधा माथि १२२९ फिट उचाइमा रहेको चिमारा मालिकाको चुचुरोमा पुगेर आखाको लेन्स घुमाएर हेर्ने हो भने, चौतर्फी हिमाल अनि पश्चिमतिर फर्केर हेर्ने हो भने जुम्ला जिल्लाको सदरमुकामको दृश्य अनि प्रसिद्ध चन्दनाथ र बटुक भैरबनाथ मन्दिरका ५२ हाते लिङ्गाहरूमा फरफराएका ध्वजा उत्तर तर्फको नागको आकृति जुम्ल्याहा डाँडा अनि चौतर्फी – विजयनगरदेखि पश्चिमेली गाउँ बस्तीका मनमोहक दृश्य हेर्ने र पर्यटकलाई वोलाउन विराज मान चिमारा मालिका जहाँ भोजपत्र खर्सु, लालीगुराँस अनि रङ्गी चङ्गी फूल एवं गलैचा विच्छाए जस्तो सुन बुकि अनि चुचुरोमा समथर भू–भाग छ ।
हाल जहां भेडा बाख्रा गाइ बस्तुको चरिचरन को थलो छ । जसका नजिकटेलिफोन टावर घरको दृष्य अनि लाखौ लाख जडिवुटीको भण्डार भएको पवित्र धार्मिक स्थल हो । चिमारा मालिका, जहां गाथमा पुग्न लगभग १०–१५ मिटर दुगाका खुल्कुड़ी (सिडी) बनाईएको छ । जस माथि चौरतर्फ ढुङ्गाको पर्खालले घरिएको मन्दिर छ त्यसको अझ भित्री भागमा सानो–सानो ढुङ्गाले चिनेको मन्दिर छ ।
जसलाइ काठ र माटो कुनै प्रयोग गरिएको छैन । जसको बाहिरपट्टि ‘हंदी गोलाकार गुजम्ब’ जस्तो आकार देखिन्छ । भने तलतिरको भाग चौकोसे आकारमा बनाइएको छ । प्रवेशद्वार उत्तरपट्टि छ । जसको स्थापना वा उत्पत्ति कुनै कुनै बखत यस ठाउंमा गोठालाले भेडा चराउंदा चराउँदै । गोठालोलाई गल्याई (थकाई लागे छ र थकाई मेटाउन त्यो गोठालो चौरमा सुती विश्राम गर्न लागेछ । सोही गोठालो सुतेको भूमिमा केही हल्लाएको जस्तो अनुभव भएछ । उसले यस्तो मध्यानी दिनमा यस्तो अचम्म के भयो होला । भन्ने ठानेर उसले जरूक्क ठाडो उठी यताउति चारैतर्फ हेरेछ, जसको नजिकमा कुनै वस्तु वा चिज देखेन र सोही बसेको स्थान र भूमिबाट एउटा सिला ढुङ्गाको मूर्ति बाहिर निक्दै उफ्री रहेको देखेपछि गोठालोले हेर्दा हेर्दै भगवतीको रूपमा पथ्थरको रूप लिएपछि ।
गोठालोले हल्लीखल्ली मच्चायो । यो खबर वनमा भएका सबै गोठालाहरूको घुइचो लाग्यो र साक्षत अष्टबाहु भगवतीको मूर्ति देखेर सबै गोठालाहरू छक्क परेछन् सोही भगवतीको मूर्तिलाई पहिलाको गन्तव्य स्थानबाट अलिपर लिन लाग्दा उक्त मूर्तिलाई सिन्को बराबर हल्लाउन समेत सकेनन् । सोही मुर्तिको जन्मभूमिमा पितलको आसनी बनाई मूर्तिलाई विराजमान गराए । उक्त मन्दिरको अलि तलतिर पानीका धाराहरू छन् । उक्त मन्दिर निकै टाढा भएकोले श्रद्धालु भक्तजनहरू दिनहुँ गएर पूजा आजा गर्न सम्भव नदेखिएकोले त्यहाँ श्रावण शुक्ल चतुर्दशी दिनका राती भव्य पूजा वा मेला लाग्दछ । जहाँ जुम्ला जिल्लाको अधिकांश श्रदालु भक्तजन एवं जुम्ला जिल्लाका कार्यालयका मर्कचारीहरूको भव्य भिड लाग्छ । आफ्नो परम्परा अनुसार लोक नृत्य एवं भजन गाएर विहान त्यो धारामा स्नान गरी फूलपाती अक्षता द्रव्य हातमा दिएर श्रदालु भक्तजनहरू आफूले चिताएको वरदान मागरे घरतिर फर्कन्छन् । यो धार्मिक स्थल पनि जुम्लाका स्थल मध्ये एक प्रमुख स्थलको रूपमा चिरपरिचित छ ।
४१ सय मीटर उचाईमा ठाकूरज्यू मन्दिर
चार हजार ६ सय मिटर उचाईमा रहेको विष्टज्यू, ठाकुरज्यू, मन्दिरमा ठाकूरज्यू, विष्टज्यूको मूर्ति पु¥याइएको हो । बर्षमा ८।९ महिना हिउँ जमेको स्थानमा उक्त मुर्ति लगिएको छ । ठाकूरज्यूमा २ सय ११ कुन्टल र विष्टज्यूको मन्दिरमा २ सय २६ कुन्टलका पत्थरको मूर्ति पु¥याएको हो । यो तिर्थ स्थल जुम्लाको दक्षिणी भेग जाजरकोट जिल्लाको सिमानामा पर्दछ ।
जुम्ला प्राकृतिक सौन्दर्यले भरिएको अत्यन्तै सुन्दर जिल्ला जुम्ला हो। जहाँका हरेक डाँडा पाखामा चुचुराहरूमा प्राचीनकालदेखी देवदेवीहरूका वासस्थानहरूले मनमोहक देखिने यो जुम्लाकै अत्यन्तै आकर्षण धार्मिक स्थलहरूमध्येकै एक प्रमुख धार्मिक स्थल मानिने यो ठाकलज्यू मन्दिर समुन्द्री सतहदेखि करिव ४५०० सय मि. उचाईमा रहेको यो मन्दिर चरितर्फ हरियाली डाडाकांडा र पाटने पाटनले भरिएको यो मन्दिरको चौतर्फी नेपालवाट अति दुर्लभ हुन लागेका हजारौ हजार बहुमूल्य जडीबुटी र मृग कस्तुरी अनि हजारौ हजार फूल अनि त्यो सुनबुकी र डाँडाकाडा भरी भेडा बाखा चौरी घोडा घोडी त्यी रही यही फूलमा र सुनबुकीमा परेड खेलीरहेको दृश्यले पनि यो ठाउँ उत्तीकै चर्चा पाएको छ । यो ठाकुरज्यूको मन्दिरलाई आस्था र विशेष महत्वको विषयमा अध्यान अनुसन्धान गर्ने हो भने यो ठाकुरज्यू गाथ देश विदेशका पर्यटक एवं भक्तजनहरूको लाम लाग्ने एक महत्वपूर्ण देव स्थल हो ।भक्तजनहरू यस देवभुमीमा पाईला टेक्दा आत्म सन्तोष भएको महशुस गर्दछन् जहां भगवान शिव पार्वती, विष्णुका वासस्थान रहेको यो पूण्य भूमिमा श्रावण शुल्क पूर्णिमामा भव्य मेला लाग्दछ । ठाकूरज्यू भन्नाले स्वामी कार्तिकेलाई भन्ने गरिन्छ । यहाँ भक्तजनहरूले आफ्नो मनले चिताएको वर पाउँछन् जहां, सन्तान, गाई, वस्तु, विद्या, धनसम्पतीको वरदान माग्ने, भक्तजनहरू श्राद्धाका साथ त्यस पावन भूमिमा जान्छन् जहां ठाकूरज्यूबाट सायद मागेको वरदानबाट कोही पनि भक्तजन रित्तो हातले फर्किनु पर्दैन होला। यही नै यस पवित्र देवस्थलको विशेषता हो । जुन तिर्थस्थलमा जांदा विष्टज्यूको दह भएर जानुपर्दछ जहाँका रैथाने पुजारी न्यौपाने नै छन् सो मन्दिरमा प्राचीन कालका मूर्तिका प्रमेश्वर ठाकूरज्यूको जयजयकार बोलाउदै चर्तुदशीका बेलुका ठाकरज्यूको गाथमा पुगिन्छ जहाँ स्थानीय लोक लयमा आरती, मागल र चुट्कीनाले सो राती त्यो पुण्य भूमिमा रमाईलो गरिन्छ विष्टज्यूबाट करीब पौनी १ घण्टामा विष्टज्यूबाट हिडेर त्यहाँ पुगिन्छ । त्यस ठाकूरज्यू मन्दिरमा करीब ६० मीटर लम्बाई भएको ताल दह र पश्चिमी किनारतिर भगवान स्वामी कार्तिकको मन्दिर अवस्थित छ र सो मन्दिरको माथि डाडामा ठाकुरज्यूको गाथ रहेको छ । जहाँ ठाकूरज्यू विराजमान रहनु भएको छ। ढुंगे ढुंगा र चट्टानले मनमोहक दृश्यले घेरिएको समथर मैदान छ भने जसको ठिक पूर्वतर्फ कैलाश पर्वत छ । जहाँ भगवान शिव पार्वतीले सेतो दोलाई ओडेर राजभएको दृश्य देख्न पाईन्छ तर त्यहाँ जान सकिदैन जो गलभग ४८०० सय मिटरको उचाईमा रहेको छ । जहाँ प्रस्थान गर्न २ दिन लाग्दछ । कुनै पनि यात्रु वा पर्यटक यस स्थलमा पुगेपछि आफ्ना जीवनका हरेक पक्षलाई एक छिन भुली रहन्छ । जहाँ भाद्र श्रावण महिना बाहेक अन्य महिना जान सक्दैन, किनकी हिमपात र चिसो अति हुन्छ । यस पावन भूमिकों अनुसन्धान र अध्ययन गर्ने हो भने हजारौ हजार ज्ञान र अनुभव बटुल्न सकिने यो धार्मिक स्थल जुम्ला जिल्लामै एक महत्वपूर्ण स्थल हो जहाँ देशी तथा विदेशी प्रर्यटकहरूको आकर्षण बिन्दु हो ।