Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

टिकटक नभए बहुलाउने खतरा पनि छ

देवी काफ्ले

१२ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

टिकटक नभए बहुलाउने खतरा पनि छ

चिनिया नागरीक श्जबलन थ्ष्mष्लन ले जब त्ष्पतयप बउउ बनाए तब देखि मानिसहरूमा कला देखाउने होडबाजी नै चलेको छ । कोभिडको बेला घर, कोठामा बन्दी जीवन बिताउँदाको क्षण होस् वा मानसिक रूपमा डिष्टर्व होस् या एक्लो जीवनमा समय कटाउने माध्यमको रूपमा यो एप खुबै फलदायी बन्यो । कतिपयले सदुपयोग गरे, कसैले दुरूपयोग ।
सामाजिक सञ्जालमध्ये विश्वभरका युवायुवतीमा चर्चित बनेको छ– ‘टिकटक’ कमेडी, डान्स र शिक्षाका लागि भनेर बनाइएको टिकटक २०१६ मा चीनको बजारमा आएको थियो । यो सामाजिक नेटवर्किङ प्लाट फर्म नेपाल लगायत विश्वमा छोटो समयमै निकै चर्चामा आयो । २०२० सम्ममा ३ विलियन भन्दा बढी पटक टिकटक डाउनलोड भएको छ ।
टिकटकको सही प्रयोग गर्दा निकै फाइदा पुग्छ । यसका अवगुणहरू धेरै देखिएको छ । नकारात्मक प्रयोग बढी भएको कारण भारतले टिकटक बन्द गरिदियो, नेपालमा भने टिकटक नभए मान्छे बहुलाउने अवस्था पुग्नेसम्मको खतरा छ ।
टिकटकबाट च्याट गर्दा गर्दै कैयौं लुटिएका छन्, पारिवारीक सम्बन्ध बिग्रेका छन् । छोराछोरी बिचल्ली पारेर नयाँ ब्वायफ्रेन्ड बनाउने होड चलेको छ ।
टिकटक मनोरन्जनको एउटा गतिलो माध्यम बनेको छ । के बच्चा, के युवा, के बृद्ध सबै रमाउँछन् । गला र कला हुनेले कला देखाउने प्लेटफर्म हो टिकटक । तर आज यसको अचाक्ली बिकृत अवस्था देख्दा टिकटक बन्द गरिदेओस् सरकारले भन्ने आशय आउन थालेको छ । न उमेरको ख्याल छ, न त आफन्तले पनि हेर्लान लाज । नदेखाउने कुरा छरपष्ट छन् । अझ अलि उमेर ढल्केका महिलाहरू त छाडिएर तान्डव देखाइरहेका छन् । यति मात्रै हो र ? रातभर लाइभ बसेर उपहारको लोभमा अपरिचित ब्यक्तिहरूसँग फ्लाइंगकिस गर्दै आकर्षित गर्न पनि पछी परेका छैनन् ।
टिकटकको सदुपयोग भन्दा दुरूपयोग बढी भयो । लाइक र कमेन्टको भूत चढेपछी त आफू कहाँ छु म को हो सबै बिर्सन्छन् । केही समय अगाडी मुख्यमन्त्रीको कार्यालय नै विवादमा आयो ।
शिक्षिकाले ढिकीडान्स गरेर भाइरल भइन्, यस्ता शिक्षकबाट बिद्यार्थीले के सिक्ने ? फेरी अर्की हेडमास्टरले तहल्का पिटीन् शरिरका देखाउनै नपर्ने अंग प्रदर्शन गरेर। हालसालै एउटा स्कूलमा शिक्षक जोडीले नांच्दै टिकटक बनाए । सामाजिक सन्जाल दुनियाका सामु पुग्छ भन्ने कति ख्याल नगरेको हो ? मर्यादा टिकटकेले भुसुक्कै बिर्सने गर्छन् ।
हामी सामाजिक प्राणी हौं । समाज सुधार गर्नु हाम्रो कर्तब्य हो । सामाजिक सन्जालद्वारा सकारात्मक बिचारहरू प्रवाह गर्ने कि समाजले नपचाउने क्रियाकलाप प्रवाह गर्ने? विशेषगरी नेपालका महिला दिदीबहिनीहरू सन्जालमा उपद्रो मच्चाउन बन्द गरीदिनुस् । भारतले त टिकटक एप नै बन्द गरिदियो अब नेपालमा पनि यो एप बन्द गरीयोस् । टिकटकको चटकले गर्नु ग¥यो ।– देवी काफ्ले