Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राज्यले बिर्सेका श्रीजङ्ग शाह

०५ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

राज्यले बिर्सेका श्रीजङ्ग शाह

हरिमञ्जुश्रीको खोज– उनको योगदान कसैले मेट्न नसकुन् । उनले पिताजीको नाउँमा रहेको नेपालगन्ज फुल्टेक्रास्थित ‘पवित्र निकेतन’ नामक १४ कोठाको भवन र करिब २ बिघा जमिन दान गरे । त्यसैमा फत्ते बाल आँखा अस्पताल स्थापना भयो । उनले आफू बसेको काठमाडौँको घर र ३ रोपनी ३ आना ३ पैसा २ दाम जग्गा पनि त्यही अस्पताललाई दान गरे । तत्कालीन शाही नेपाल वायुसेवा निगमले उठाउन नसकेको करिब २ करोड रुपियाँ उनैले उठाइदिए । देशका विभिन्न ठाउँमा गएर पशुपति क्षेत्र विकास कोषका लागि करिब ४ करोड ५० लाख रुपियाँ सङ्कलन पनि गरिदिए । उनी हुन् जाजरकोटमा पुर्ख्यौली घर भएका र १९८२ सालमा फत्तेजङ्ग शाह र बालदिव्येश्वरी शाहका सुपुत्रका रूपमा जन्मेका श्रीजङ्ग शाह । उनको योगदान कसैले मेट्न नसकून् ।