Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बागेश्वर बाबा र पशुपतिनाथ

०५ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

बागेश्वर बाबा र पशुपतिनाथ

काठमाडौं । नेपाल हाम्रो आत्मा हो । एकदिन नेपालले पुरा दुनियाँमा डंका बजाउनेछ । नेपाल हिन्दूराष्ट्र रहनेछ । नेपाली हुनुमा गौरव गरौं । बागेश्वरबाबाका यी अभिव्यक्तिलाई सबैले प्रशंसा गरे । बाबाले नेपाल भारतके अभिन्न अंग है भनेको विषय यतिबेला विवादमा छ । उनले नेपालको स्वराज, सार्वभौमिकताको मुक्त कण्ठले प्रशंसा गर्दागर्दै उनको प्रवचनमा जिब्रो चिप्लियो । उनका अभिव्यक्ति पुरै सुन्दा कतै पनि उनले नेपाललाई होच्याएको, नेपाल र नेपालीको मान सम्मानमा ठेस पु¥याएको देखिन्न । तर एउटै शब्दमा किन चिप्लिए होलान् ?