Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

घण्टी किन राखिन्छ, किन बजाइन्छ ?

२९ सोमबार , श्रावण २०८०एक बर्ष अगाडि

घण्टी किन राखिन्छ, किन बजाइन्छ ?

घण्टी हिन्दु परम्परा, संस्कृति हो । घण्टी मन्दिरको पहिचान पनि हो । मन्दिरमा जाने धर्माबलम्बीहरुले घण्टी बजाउने प्रचलन प्राचीन समयदेखि चल्दै आएको छ ।
घण्टी बजाउनुको धार्मिक कारण छन्, आजकल वैज्ञानिक कारण पनि छन् भन्न थालिएको छ ।
देवी देवताको आरती घण्टनादबिना पूरा हुँदैन भनिन्छ । घण्टीको आवाजले मन, मस्तिष्क र शरीलाई स्वच्छ, सकारात्मक पार्ने र घण्टीको आवाजले मानिसकको मनलाइृ एकाग्रता, भक्तिभावमा लीन बनाउने विश्वास गरिन्छ ।
भनिन्छ, घण्टीको आवाजले वातावरण शुद्ध हुन्छ, घण्टीको चमत्कारिक ध्वनीले हावामा रहेका सूक्ष्म किटाणु नष्ट हुन्छन् । नकारात्मक उर्जा समाप्त पारेर सकारात्मक उर्जा प्राप्त हुनेछ ।
घण्टी बजाउँदा, घण्टीको आवाजले एकाग्रता बढाउने, मन शान्त पार्ने, चिन्तन क्षमता बढाउने र विवेकशील हुन मद्दत गर्ने विश्वास पनि छ । गुरुहरु भन्छन्– मन्दिर जाँदा, घण्टी बजाउँदा जन्मजन्मान्तरका पाप नष्ट हुन्छन् ।