डा.शास्त्रदत्त पन्त
हालै बेलायतको एउटा चर्चले त्यहाँको परराष्ट्रमन्त्रीलाई नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउन दबाब दिनु पर्ने लिखित प्रस्ताब पेश गरेपछि त्यहाँबाट निर्देशन भए अनुसार युरोपियन युनियनका नेपालस्थित सबै राजदूतले हालै प्रधानमन्त्रीलाई भेटे र नेपाल धर्मनिरपेक्ष (सेकुलर) हुनैपर्नेमा दबाब दिएका छन्। नेपाल पुनः बहुदलीय प्रातान्त्रिक पद्धतिमा प्रबेस गरेपछि बिदेशीको दबाब, आदेश र निर्देशनलाई 'नाईं' भन्नै नसक्ने रोग लागेको छ सत्तासिनलाई, चाहे त्यो साम्यबादी दलहोस चाहे पुजिपति। मेकाउलेको शिक्षापद्धतिले निकै नहुने गरी यो रोग लाग्दो रहेछ। यस रोगले सबैभन्दा पहिले आत्मबलहीन बनाउँछ। अनि बुद्धि, विबेक र धर्महिन बनाउँदै लैजान्छ। त्यसैले यिनले न धर्म बुझेकाछन् नत धर्मनिरपेक्षताको अर्थ। गोराले भने बस मानिदिए।
यस प्रसंगमा धर्म के हो भन्ने कुरा उल्लेख गर्नै पनि प्रासंगिक ठानेको छु। 'धर्मनिरपेक्ष–राज्य' संस्कृत शब्द हो। संस्कृत भाषाका शब्दको अर्थ बुझ्नु भन्दा पहिले पदावलीघटको अलगअलग पदको अर्थ बुझ्नु आवस्यक हुन्छ। यस पदावलीमा तीन पद छन्। धर्म, निरपेक्ष र राज्य। यहाा धर्म177निरपेक्ष विशेषण हो। राज्य विशेष्य पद हो। नेपाली ब्ाृहत् शब्दकोश अनुसार धर्म शब्दको अर्थ कर्तव्य, कर्म, गर्न लायक असल काम, असल आचरण भन्ने हुन्छ। त्यस्तै निरपेक्ष शब्दका चारवटा अर्थ हुन्छन्। ती हुन्: कुनै पनि कुराको वास्ता नगर्ने, कुनै पनि कुराको अपेक्षा नभएको, उपेक्षित् र असंबन्धित्।
राज्य शब्दलाई उच्चकोटिका राजनीतिज्ञ ऋषिमुनी मनीषीहरुले यसरी परिभाषा गरेका छन्:–
स्वाम्यमात्यौ सुह्रीत् कोष राष्ट्र दुर्ग बलानि च, सप्त प्रकृतयो ह्वेताः सप्ताङ्गं राज्यमुच्यते। अर्थात् राजा (राष्ट्रप्रमुख) मन्त्री, मित्रराष्ट्र, कोष, देश, दुर्ग(किल्ला) र सेना यी सात अङ्ग मिलेर राज्य बन्दछ। पाश्चात्यले भूभाग, जनसंखया, सरकार र सार्बभौमिकसत्ता भएपछि राज्य बन्दछ भन्दछन्। राज्य भनेको पाखो, भित्तो, काठ पात र ढुङगो माटो मात्र होइन। अपियु उपर्युक्त सात अङ्ग पुगेपछि मात्र राज्य शब्दको सही अर्थ हुन्छ। अब धर्मनिरपेक्ष राज्य शब्दको अर्थ हुन्छ धर्मको वास्ता नगर्ने राज्य, धर्मको अपेक्षा नभएको राज्य, धर्मबाट उपेक्षित राज्य र धर्मसंग असम्बन्धित् राज्य। अब धर्म निरपेक्ष राज्यको अर्थ भयो राज्यले असल काम कर्तव्य गर्न नपर्ने, राज्य चलाउनेहरुको असल आचरण हुनु नपर्ने, अर्थात् उत्तरदायित्व र जिम्मेबार बोध गर्न नपर्ने। के हामीले यस्तै राज्यको जनता भएर बाच्न चाहेका हांै त? होइन भने नेपाल स्वतन्त्र अविभाज्य सार्बभौमसत्ता सम्पन्न वैदिक सनातन धर्मसापेक्ष (हिन्दू राज्य) किन नहुने?
सुरुसुरुमा नेपालमा आएर हडसन जस्ता तीन चारजनाले नेपालबारे पुस्तक लेखे। तिनहरुलेले वैदिक 'धर्म' शब्दलाई अगे्रजीमा 'रेलिजन' भनेर लेखिदिए। सबै नेपाली र भारती हिन्दुले पनि सुगा रटाई गरिदिए। बास्तबमा धर्म शब्दको अगे्रजी भाषामा कुनै शब्दै छैन। 'रेलिजन' शब्दको अर्थ नेपालीमा 'सम्प्रदाय' हुन्छ। 'सम्प्रदाय' र 'धर्म' मा ठुलो अन्तर छ। बिधर्मी र पश्चिमाले धर्मको अर्थ बुझ्नै सक्तैनन्। यदि कसैले बुझ्यो भने ऊ वैदिक सनातनी संस्कारमा छिरि हाल्दछ।
धर्मलाई एक शब्द वा एक वाक्यमा चित्त बुझ्दोगरी अर्थ्याउन सकिदैन। यो पेचिलो र गहन तथा व्यापक अर्थबोध गर्ने विषय हो। धर्म गहन र अनेकार्थी हुन्छ। धर्म बुझ्न गहनतम अध्ययन, धैर्य र प्रयोगानुभव चाहिन्छ। 'धर्म'को एउटा मात्र अर्थ हुादैन तर प्रयोगको गाम्भिर्यता एउटै हुन्छ। 'धर्म ज्ञानको भण्डार हो, बिज्ञानका सबै पक्षदेखि विश्वबाट मोक्षमा लैजाने कुरासम्म यसमा हुन्छन्। शंकराचार्य, माधवाचार्य, विवेकानन्द, यज्ञबल्क, भास, डा.राधाकृष्णन जस्ता हजारौं विज्ञ आफैले त धमार्थ बुझेका होलान् तर सामान्य मानिसले चट्ट बुझ्ने गरी कसैले अर्थ्याउन सकेका छैनन्। धर्म अन्ध रुपले विश्वास गर्ने विषय पनि होइन। कसैले सबैको भलो हुने कामलाई धर्म भन्ोकाछन्, कसैले आफै रहने (सेल्फ सस्टेनिङ) लाई धर्म भन्दछन, कसैले पर सेवालाई धर्म मान्दछन्। श्रीमद् भागबतले परोपकारलाई धर्म मान्दछ। कसैले आत्म संयमलाई, त कसैले पर सेवालाई धर्म मान्दछन्। गीताले दुख सुखमा समहुनसक्ने क्षमतालाई धर्म मान्दछ। सत्य, अस्तेय, रिसमाथि विजय गर्नु, गल्ति महसुस गर्ने, स्वच्छ मन बनाइ राख्नु, दृढता हुनु, शुद्धता हुनु, असल र खराव छुटयाउन सक्ने विवेक हुनु, हठपन नहुनु, इन्द्रिय संयम भएको हुनु तथा उच्च ज्ञान हासिल गरेको हुनु धर्म हो। धर्मका अनेक अभिन्न्ा अङ्ग छन्। मृत्युलोकबाट मोक्ष लोकमा जानेबाटो धर्म हो। आफुलाई विर्सनु पनि धर्म हो।
धर्मका धेरै अर्थ छन्, अनेक मार्गछन्। पहिलो, जुन शक्तिबाट विश्व निर्माण भएकोछ, परिचालित छ त्यो धर्म हो, प्राकृतिक धर्म। प्रकृतिले जुन पद्धतिबाट नियमितता दिन्छ त्यो न्याय धर्म हो। प्रत्येक प्राणीमा भिन्नता हुनु स्वभाव धर्म हो। विभिन्न योनीका फरकपन जाती धर्म हो। समाजको अन्तरनिर्भरता समाज धर्म हो। अब परिबारमा ओर्लेपछि पतिधर्म, पत्नीधर्म, माताधर्म पिता धर्म, भ्रातृधर्म, गुरु धर्म, शिष्यधर्म आदि अनन्तिी धर्मछन्।
कर्मकाण्ड सम्प्रदाय आदि श्रौथ धर्म हुन्। कर्म बिभाजन र वैयक्तिक अभिरुची वर्णाश्रम धर्म हो। पुनर्जन्मको बिश्वास र परमात्माको सामिप्य चाहना पारमार्थिक धर्म हो। आदर्श जीवन जिउने कला आचरण धर्म हो, नीति धर्म हो। याहीं जिउने प्रबृत्ति धर्म हो भने उहाँ बस्ने नीबृत्ति धर्महो। मोक्ष, निर्वाण, मुक्ति र समृद्धि पनि धर्मका रुप हुन्। सारतः प्राकृतिक सृजनालाई बनाई राख्ने प्राकृतिक नियम नै धर्म हो। यी लगभग धर्म र संप्रदाय बिचका कुरा हुन्। बैदिक, सनातनी, अपौरुषीय हिन्दु जे भने पनि यिनमा त्यति ठुलो फरक छैन।
जस्लेे विश्व ब्रह्माण्ड संचालन गर्दछ त्यो प्राकृति धर्म हो, न्याय धर्म हो, स्वभाव धर्म हो। विश्वमा लाखौं प्राणी (चौरासी लाख) छन् र तिनको जन्मदेखि मृत्युसम्म तथा पुनर्जन्मको परिचालन पद्धति छ, नियम छ, त्यसलाई जाती धर्म भनिन्छ। त्यस्तै समाजमा बस्ने व्यवस्था छन् तिनलाई सामाजिक धर्म भनिन्छ। जीवन जीउने कला, परमात्मा प्रतिको आस्था जचाउने तकनिकी सम्बन्धीलाई श्रौत्र धर्म भनिन्छ। त्यसै गरेर वैदिक वर्णााश्रम धर्म, पारमार्थिक धर्म, आचार धर्म, नीति धर्म, प्रबृत्ति धर्म, निबिृत्ति धर्म, आदि आदि धर्म हुन्।' प्रबृत्ति भावलाई अन्तः करणबाट नष्ट गरेर क्रमसः निबृत्ति भावको पूर्णता प्राप्त गर्न145 नै धर्मको धर्मत्व हो। जे जे काम गर्नाले समाजमा उन्नती हुन्छ तथा मुक्ती प्राप्त हुन्छ त्यही धर्म हो। अपौरुषीय पद्धति मात्र धर्म हो, त्यही हिन्दु धर्म हो। जब यो मानबकृत हुन्छ त्यो सम्प्रदाय हुन्छ, धर्म हुादैन। धर्म एउटै मात्र छ, बाँकी सबै संप्रदाय हुन्।
संक्षेपमा धर्म भनेको सास्वत सत्य कुरा हो। ज्ञान र बिज्ञान दुबै एकैसाथ जाने कुरा हो। शरिर जड हो, बिज्ञानले जान्दछ। शरिरमा रहेको आत्मा, मन, बुद्धि, विवेक आदि चेतनाले जान्दछ। यसको मिलन धर्म बन्दछ। धर्मभित्र बिश्व ब्रह्माण्ड र त्यसको परिचालन पद्धति समेत हुन्छ। सूर्य ग्रह तार पृथ्वी धर्मैबाट संचालित छन्। राज्य संचालन त्यसैको शुक्ष्म रुप हो। धर्म निरपेक्ष भनेर पृथ्वीले बार्षिक दैनिक गति नबनाऊ, सूर्य नउदाऊ, हावा नचल भन्न खोजे जस्तै हो।
ईशाई, मुसलमान, चारबाक जस्ता ब्यक्तिले बनाएका सबै सम्प्रदाय हुन्। सम्प्रदाय भनेको एउटा क्लब वा दल वा गैससजस्ता संगठन हुन्। तिनमा एउटा संगठन छोडेर अर्काेमा जान सकिन्छ। इशाई मुसलमान सम्प्रदाय हुन्। ती बदल्न सकिन्छ। धर्म बदलिने कुरा होइन, रुपान्तरण गर्ने बिषय होइन। धर्मको रक्षा गरे आफनो रक्षा हुन्छ। धर्म भनेको कर्म हो, अन्ध अनुकरण र अन्ध विस्वास होइन। हिन्दु (धर्म) ले कुनै अर्काे सम्प्रदायलाई ग्रहण गर्दैन। कोही मुसलमान वा इशाईले हिन्दु हुन्छु भन्योभने त्यसलाई स्विकार्दैन। कोही हिन्दुले अन्य सम्प्रदाय बिशेष ग्रहण गर्यो भने त्यसलाई फेरि हिन्दुमा ग्रहण गर्दैन। यसको रहस्य के हो भने उसले हिन्दुत्व या धर्मको मर्म बुझेको हुदैन। उस्को संस्कार बनेको हुदैन। उसको जिनमा संस्कार हुदैन। संस्कार बन्न सातपुस्ता जति लाग्दछ। सार कुरा केहो भने जसरी हिन्दुले धर्मको प्रचार गर्दैन, धर्मन्तरण गरेर हिन्दु बनाउादैन त्यसै गरेर हिन्दु(धर्म) लाइ पनि इशाई वा मुसलमान बनाउन हुदैन। मुलुक धर्म निरपेक्ष हुन सक्तैन।