Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एक करोड ५ लाखको सिन्दुर खपत

२३ मंगलबार , श्रावण २०८०३ बर्ष अगाडि

एक करोड ५ लाखको सिन्दुर खपत

काठमाडौं । नेपालमा एक करोड ५ लाखको त सिन्दुरमात्र भारत र इण्डोनेसियाबाट आयात हुनेरहेछ । ३ अर्बको कपालको स्याहार र ५ अर्वको अन्य शृङ्गारका सामान, टुथपेस्ट, नेल पोलिस, फेस क्रिम, बडी लोसन, तेल, क्रिम, रङजस्ता बस्तु आयात भएका छन् । भन्सार विभागका अनुसार गतवर्ष ६४ करोडको स्याम्पु आयात भयो, कपालमा हाल्ने तेल ७० करोडको आएछ । कपाल रङ्गाउने, कण्डिसनर, अन्य लिपिस्टिक, गाजललगायतका श्रृङ्गारका बस्तु ३ अर्वजतिको आयात भएछ । टुथपेस्टमा मात्र १६ करोड बाहिरियो ।
यसबाहेक पेन, पेन्सिल, मार्कर, पेनको निव, रिफिलमा ठूलो धनराशी बाहिरिएको छ । ५२ करोडको त लाइटरमात्र आयात भयो । सेल्फी खिच्ने लठ्ठी ६८ लाखको र साँढे २ करोडको ट्राइपड आयात भएको रहेछ ।
सरकारको भन्सार विभागले यसरी दैनिक चाहिने बस्तु आयातको फेहरिस्त सार्वजनिक गर्छ तर भन्सार विभागसँगै रहेको उद्योग विभाग, सिंहदरवार, उद्योग मन्त्रालय, योजना आयोग, लगानी बोर्ड रोजगारीमूलक आत्मनिर्भर हुने उद्योग खोल्न कुनै सोच राख्दैन, सरल उद्योग र लगानी नीति ल्याउँदैन, किन ?