Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनलाई बुझ्छौं या बुझ्दै बुझ्दैनौं

२३ मंगलबार , श्रावण २०८०एक बर्ष अगाडि

चीनलाई बुझ्छौं या बुझ्दै बुझ्दैनौं

काठमाडौं । भार अर्थात् ‘राजनीतिको भार ः नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ पत्रकार बाबुराम विश्वकर्माको गत शनिवार सार्वजनिक गरिउको नयाँ पुस्तक हो । यो पुस्तक पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, कांग्रेस नेता डा. मिनेन्द्र  रिजाल, परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारी र वरिष्ठ पत्रकार कुन्दन अर्यालले सार्वजनिकरण गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पार्टीहरूलाई प्रश्न उठाउनु भयो– परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्नेमा सरकार फेरिँदैपिच्छे नीति पनि फेरिने गरेको त होइन ? ‘हाम्रो कूटनीति सन्तुलनमा छैन, कोल्टे पल्टिएकै छ, दुवै छिमेक उन्नत भइरहने, हामी चाहिँ जहाँको त्यहीँ रहिरहनुपर्ने कस्तो कूटनीति हो यो ? पहिले नै अध्यावधि गर्नुपर्ने हाम्रो भूराजनीति र परराष्ट्र नीति कहाँ अड्किएको छ ? श्रेष्ठको मूल प्रश्न थियो – परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्छ तर, हाम्रो नीति किन पार्टीबाट प्रेरित छ ? हाम्रो भू स्थिर भयो, राजनीति अस्थिर । भूगोलले जितेको छ, राजनीतिले हा¥यो । देश अन्तर्राष्ट्रिय क्रीडास्थल बन्न सक्ने खतरा बढ्यो ।
डा.मिनेन्द्र रिजा, डा.इन्द्र अधिकारी, कुन्दन अर्यालको विश्लेषण पनि चीन, भारत र अमेरिकाको नेपालमा चासोबारे थियो । इन्द्र अधिकारीले खुलेरै प्रकाश पार्नुभयो– नेपाल विस्तारै चीनको पकडमा गइरहेको अवस्थामा पुस्तक चीन केन्द्रित रहेको बताइयो । हामी चीनलाई कम बुझ्छौ या त बुझ्दै बुझ्दैनौं ।