Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सहकारीको ६० अर्ब लुटियो, साना बचतकर्ता लुटिए

२३ मंगलबार , श्रावण २०८०एक बर्ष अगाडि

सहकारीको ६० अर्ब लुटियो, साना बचतकर्ता लुटिए

काठमाडौं । साना बचत कर्ताले जम्मा गरेको निक्षेप सहकारी चलाउनेले लुट्नेक्रम जारी छ । अहिलेसम्म ६० अर्व बचत लुटिसकेका छन् । सहकारी बोर्ड, राष्ट्रबैंक, मन्त्रालयले नियमन गर्न नसक्दा साना बचतकर्ता लुटिएका छन् । आन्दोलित छन्, तिनको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग उठेको छ ।
घर, टोल, सहरमा खोलिएका ३५ हजार सहकारीमाथि जनविश्वास घटेको छ, सहकारी समस्याको थुप्रो बन्यो । सहकारीका नाममा सानादेखि ठूला बचत कर्ताको लुटिएको रकम कसरी फिर्ता हुन्छ ? लुटाह कहिले कारवाहीमा पर्छन् ? वचतकर्ताहरू ‘सहकारी पीडित बचतकर्ता महासंघ’ गठन गरेर सडकमा आइसके । सञ्चालकहरू भागिरहेका छन् । सहकारी पीडितले न्याय पाएनन् भने बैंकप्रतिसमेत जनविश्वास समाप्त हुनसक्छ ।
बचतकर्ताको एकमात्र माग छ– हाम्रो बचत फिर्ता देउ । यसका लागि सरकारले अग्रसरता लेउ । पहिले लघुवित्तले जनता डुबाए, अहिले सहकारीले जनताको बचत लुटे । सहकारीहरू आफ्नो उद्देश्यबाट बिचलित भएर किन बचत लुट्दै भाग्न थाले, जिम्मेवारी सरकारको हो । निर्वाह नगरे ठूलै बिपत सिर्जना हुनेछ ।