Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

विद्युतीय रोपवे किन नचलाउने ?

११ बिहिबार , श्रावण २०८०३ बर्ष अगाडि

विद्युतीय रोपवे किन नचलाउने ?

काठमाडौं । विकास विकास, विकास गर्ने सोच नै छैन । भएका उद्योग बेच्ने, नयाँ उद्योग नखोल्ने, विदेशी लगानी पनि भित्र्याउन नसक्ने, अनि कसरी विकास हुन्छ ? जो नेपालमा उद्योग खोल्न, व्यवसाय बढाउन आउँछन्, उनीहरूलाई प्रशासनिक झमेला दिएर निराश बनाएका अनेक घटना छन् । यिनै भन्छन्– समृद्धि र अग्रगमनका बाहक हामी नै हौं । यिनले देशलाई संकटग्रस्त पार्दै लगेका छन् ।
नेपालले विद्युत बेच्ने हल्ला मच्चाएको छ । नेपालमै लोडसेडिङ छ, विद्युत पुगेकै छैन । १० हजार मेगावाट बंगलादेशलाई बेच्ने प्रचार भइरहेको छ ।
जलस्रोत बिज्ञ भन्छन्– नेपालको बिकासले गति लिने हो भने नेपाली जलबिद्युत बाट चल्ने रोपवे चलाउनु पर्ने हो, बनाउनु पर्ने हो । नेपाल पहाडी मुलुक हो, रोपवे सबैभन्दा उचित उपाय हो । यसतिर सत्ताधारीको ध्यान गएकै छैन ।
रज्जुमार्ग, रोपवेका बारेमा बरिष्ठ पत्रकार तीर्थ कोइरालाका अनुसार कुन प्रधानमन्त्रीले हो अलि पहिले एउटा सुरूङ शिलान्यासका सन्दर्भमा ’मुलुक सुरूङ युगमा प्रवेश ग¥यो’ भनेर ताली खाएका थिए । पहिले सुरूङ खन्ने र अहिले  केबुलकार उद्घाटन गर्ने प्रधानमन्त्रीले कसो मुलुक अँध्यारो सुरूङबाट निकालेर घिर्लिङ युगमा प्रवेश गराएको छु भन्न् भ्याएनछन् । स्मरणीय छ हेटौंडा – काठमाडौं रोप वे मकवानपुरको भीमफेदी देखि काठमाडौं मातातीर्थ पछि टेकुसम्म जोड्ने कुल ४२ किलोमीटरको थियोे । प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९८२ मा काठमाडौँमा अनिकाल परेपछि मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातिर्थसम्मको २२ किलोमिटरमा  रोप–वे लाइन बनाएका थिए । यही रोप–वेले धोर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी गरेर काठमाडौँको अनिकाल टारेका थिए । यो रोप–वेलाई जुद्धसम्शेरले टेकुस्थित भन्सार कार्यालयसम्म विस्तार गरेका थिए र त्यसपछि यसको लम्बाई ४२ थियोे । यसलाई रञ्जुमार्ग रोप वे वा घिर्लिङ भनिन्थ्यो । यसमा सामान मात्र ढुवानी गरिन्थ्यो । यो बि.सं. १९८२ देखि २०५४ सम्म सञ्चालन भएर बन्द भयो । यो नेपालको पहिलो रोप वे थियोे । यसको आधुनिकीकरणको काम राजा महेन्द्रका समयमा २०१९–२० तिर अमेरिकी सहयोगमा भएको थियोे ।
यसैगरी वीरगञ्जबाट भिमफेदी सम्मको राजमार्ग बनाउने क्रममा पूर्वी नेपालको पहिलो वडाहाकिम क. गजराज सिंह थापाका नाती तथा क. हर्कजंग थापाको छोरा चिफ इञ्जिनियर दिल्लीजंग थापाको नेतृत्वमा बि.सं. १९७४ मा चुरीया टनेल तैयार गरिएको थियो । क. गजराज र क. हर्कजंग अचेलका कमरेड नभएर राणाकालीन सेनाका कर्णेल (क) थिए ।  ९ फिट चौडा १० फिट अग्लो र ७८५ फिट लामो यो सुरूङको उपयोग २०२७–२८ सालसम्म भएको थियो ।
आज यी रोपवे र सुरूङमार्ग देशलाई आवश्यक छ, तर कवाडी बनेका छन् ।