Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनलाई तेस्रो प्राथमिकता

११ बिहिबार , श्रावण २०८०एक बर्ष अगाडि

चीनलाई तेस्रो प्राथमिकता

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्रीले चीनलाई तेस्रो प्राथमिकतामा राखेका छन् । पहिलोपल्ट प्रधानमन्त्री हुँदा चीन पहिलो प्राथमिकतामा राखेपनि फर्केपछि त्यो भ्रमणलाई सामान्यीकरण गर्दै भारतलाई नै प्राथमिकतामा राखेको देखाएका थिए । नेपाल भूराजनीतिको चक्करमा फसेको स्थितिमा तेस्रोपल्ट प्रधानमन्त्री हुँदा प्रचण्डले पहिलो प्राथमिकता भारतलाई, त्यसपछि अमेरिकालाई राखेको देखिन्छ ।
भारत भ्रमण सम्पन्न भइसक्यो, इटली पुगेका प्रम प्रचण्डले अब अमेरिका भ्रमण सम्पन्न गरेपछि चीन भ्रमणको तालिका सार्वजनिक हुने स्रोतले जानकारी दिएएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआन जियाजुन श्रीलंकाबाट सिधै ७ गते काठमाडौं आउँदा प्रम प्रचण्ड इटली थिए । इटलीबाटै जुम भेटवार्ता गरेका वाकपटु प्रम प्रचण्डले चीनलाई खुशी पार्ने प्रयत्न गरेको बुझिएको छ । चीनबाट आएको यति उच्च तहको भ्रमणलाई प्रम प्रचण्डले भारत र अमेरिका खुशी पार्नकै लागि पन्छिएको रूपमा चर्चा गरिदैछ ।