Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

१० हजार मिटर गहिरो खाडल खन्नुको रहस्य

०७ आइतबार , श्रावण २०८०एक बर्ष अगाडि

१० हजार मिटर गहिरो खाडल खन्नुको रहस्य

चीनले १० हजार मिटर गहिरो खाडल खन्दैछ । किन र कुन उद्देश्यले ? धेरैको चर्चा र चासो बढेको छ ।

बेइजिङको खुलासा अनुसार मे महिनामा पृथ्वीको आन्तरिक संरचना अध्ययन गर्न १० हजार मिटर गहिरो ड्रिल गरिसकेको चीनले अर्को दोस्रो अल्ट्रा डिप ड्रिलिंग परियोजना कार्यान्वयन गर्न थालिसकेको छ । विभिन्न विज्ञहरुले भनेका छन्– चिनियाँ योजना पृथ्वीको गहिराइमा रहेको प्राकृतिक ग्याँसको भण्डारमा कब्जा जमाउनु हो ।

सिन्ह्वाको रिपोर्ट छ– यो योजना चाइना नेशनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी) हो । यो योजना सिचुआन प्रान्तको शेन्डी चुआन्के मा रहेको छ । चीनको सिनजियाङमा अघिल्लो इनारको प्रायोगिक फोकस मुख्यतया ड्रिलिंग टेक्नोलोजी परीक्षण गर्न र पृथ्वीको आन्तरिक संरचनामा डाटा सङ्कलन गर्न थियो । सिचुआनमा हालको परियोजना विशेष गरी अति गहिरो प्राकृतिक ग्याँस भण्डारहरू अन्वेषण गर्ने उद्देश्य रहेको छ ।

स्मरणीय छ, रुसले यस अघि काला सुपरदीप बोरेहोलले १२ हजार २६२ मिटर गहिरो प्वाल खनेको थियो ।