Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

सत्ताको तिर्खा र 'तिर्सना'

०७ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

सूर्यमुखी फूल सधैं सूर्यतिर उन्मुख हुन्छ। राजनीतिज्ञहरुको सत्ताको तिर्खा र सुन्दरीहरुको राम्री बन्ने तिर्सना अचम्मको हुनेरहेछ। कुवाको चिसो पानी करुवाले कलकल पारेर पिउादा पानीको तीर्खा मेटिन्छ। तर नेतामा सत्ताको तिर्खा...अहा, पटक्कै मेटिन्न। न त सुन्दरीहरुको सुन्दरी बन्न नांगिनेसम्मको हरकत नै कम हुनेगर्छ। केपी ओलीलाई हेर्नोस् न, के के न गर्छु भनेर द्रुतगतिका साथ संविधान घोषणा गरेर प्रधानमन्त्री भए, शासन नै गर्न सकेनन्। मधेसी मोर्चाको आन्दोलन बढ्दै गएको छ, ओलीको गोलीले फेरि मधेसका मान्छे मारिसक्यो। हुन त यी तिनै ओली हुन्, जो ०२८ सालमा झापा बिद्रोह गरेर राजनीतिमा चर्चा पाएका। रगतको स्वाद पाएपछि सागपात कहाा मनपर्छ र, कसो ओलीजी?
प्रचण्ड, कठै १० वर्ष लामो जनयुद्ध गरेर दिल्लीमा झुक्नुपर्‍यो। दिल्ली भएर नेपाल पसे, सिंहदरवारको बेलायती बैठकमा पनि पुगे। सर्वहारा बर्गको हितमा जनयुद्ध गरेको भन्ने प्रचण्डले आफूलाई सामन्त बनाए। अरुलाई सुकिला मुकिला भन्दै थिए, आफै टाइसुटमा डााठिए। लाखको खाटमा पनि सुते। अहिले पनि उनी लाजिम्पाट दरवार र सिंहदरवार गरिरहेका छन्। बिचरा लडाकु, कतै मरे, कतै अधमरा छन्। सत्ताको तीर्खा र तिर्सना मेट्न नसकेका प्रचण्ड सत्ताको करिडरमा अहिले पनि यताउता गरिरहेकै देखिन्छन्। उनलाई सर्वहारा, सुकुम्वासी, सिमान्तकृतको हाहाकार थाहै छैन। न भारतीय नाकावन्दीले पारेको गहिरो घाउ नै थाहा छ। जनताको चिच्याहट उनी सुन्दै सुन्दैनन्।
कांग्रेसभित्र सुशील कोइराला मर्ने बेलामा पनि प्रधानमन्त्री पदमा पुन आसीन हुनखोजे। भाडमे जाय देश, कांग्रेसका शेरबहादुर अथवा रामचन्द्र पौडेल दोस्रो पुस्तालाई नेतृत्व दिनै चाहदैनन्। किनभने यिनको सत्ताको तीर्खा र तिर्सना आर्यघाट नपुगी मेटिनेवाला छैन। डा.बाबुराम भट्टराई पनि उही ड्याङका मूला हुन्। नया शक्ति बनाउन उही गाईमारा पद्मरत्न, देशमारा उपेन्द्र यादवलाई च्यापेर अघि सरेका छन्। आश्चर्य त के पनि देखियो भने निष्ठाको राजनीति गरेका चित्रबहादुर केसीले मन थाम्न सकेनन् र सत्ताको स्वाद चाखे। अव हेर्नुछ: भक्तपुरे नेता नारायणमान बिजुक्छे सत्तामा कहिले उक्लन्छन्? यी 'तिर्सना' र तीर्खालु राजनीतिज्ञहरु सत्ता र चर्चाका लागि जति पनि नांगिन सक्छन्। यिनलाई नांगिनु भनेको कुनै सकसको विषय नै होइन। सेलिब्रिटी बन्नुछ, सेलिब्रिटी बन्न तिर्खालु नेता र प्रचारका भोका यस्ता तिर्सनाहरु जुनसुकै बेला, जति पनि नांगिन तैयार छन्। तैपनि यिनको मुखबाट निस्कन छुट्दैन, स्वाधीनता र संस्कृतिको गफ। – gorkha express