Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सत्ता सञ्जाल नै भ्रष्टिकरण भइसक्यो

०५ शुक्रबार , श्रावण २०८०एक बर्ष अगाडि

सत्ता सञ्जाल नै भ्रष्टिकरण भइसक्यो

काठमाडौं । भुटानी शरणार्थी काण्डमा शक्तिशाली जो मुछिए, तिनीहरूमाथि छानबिन भएकै छैन । पूर्वगृहमन्त्री वालकृष्ण खाण र टोपबहादुर पक्राउ परे, बाँकी सत्तासीन र अन्य जो मुछिएका छन्, ठूला भ्रष्टाचारमा संलग्न छन्, तिनीहरू पक्राउ नपर्दा सीआइवी समेत आलोच्य बन्न थालेको छ ।

यस्तै अवस्था ललिता निवासको संगठित भ्रष्टाचार, वाइडबडी जहाज काण्ड, सुनकाण्डदेखि अनेक काण्डै काण्ड छन्, जो छानबिन हुनैसकेन, भ्रष्टमाथि कारवाही हुने लक्ष्यणसम्म देखिदैन । लोकतन्त्रको शासकीय संयन्त्र जे छ, त्यो ठूला नेता, ठूला प्रशासक, ठूला पार्टी र ठूला कर्मचारीको सेटिङ गर्ने र अकुत सम्पत्ति कमाउने संयन्त्रमा परिणत भइसकेको देखिन्छ । न्यायाधीश समेत मुछिएका छन्, अदालतमा सर्वदलीयता कायम गर्न खोजिदैछ, नियुक्त हुने भनिएका ८० न्यायाधीश पनि दलीय भागबण्डामा नियुक्त गर्ने प्रपञ्चको हावा चलिसकेको छ । सत्ता र पार्टीका हरेक क्रियाकलाप भ्रष्टाचारमा मुछिने र भ्रष्टाचार सार्वजनिक भइहाल्यो भने अनुसन्धान र कारवाही गरेजस्तो लिपापोती गर्ने गरिएको देखिन्छ ।

यस्तै अवस्था रह्यो भने जनतामा निराशा र निराशाले विद्रोह हुनसक्नेछ ।