Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कोरियाको उपहार - १ सय ५० शैयाको अस्पताल

०५ शुक्रबार , श्रावण २०८०एक बर्ष अगाडि

कोरियाको उपहार - १ सय ५० शैयाको अस्पताल

काठमाडौं । १ सय ५० शैयाको अस्पताल बनाउन दक्षिण कोरियासँग सम्झौता सम्पन्न भएको छ । यो अस्पताल भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सुविधा सम्पन्न अस्पतालका रूपमा निर्माण हुनेछ । दक्षिण कोरियाली दूतावासको अग्रसरतामा अर्थ मन्त्रालयमा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क ते–योङवीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । भक्तपुरमा नेपाल–कोरिया मैत्री नगर अस्पताल चालु रहेको छ । यही अस्पतालालाई अत्याधुनिक रूपमा थप शैयाका साथ विस्तार गर्न एक अर्ब २५ करोड ४० लाख रूपैयाँ कोरियाले लगानी गर्न सहमति जनाएको छ ।

यो योजना ५ वर्षभित्र सम्पन्न गर्ने भनिएको छ । सामान्य प्रशासन मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), मध्यपुर थिमी नगपालिका र उक्त अस्पतालले संयुक्त रूपमा यस कार्यलाई सम्पन्न गराउने छन् । कोरियाको सहयोगमा नगरपालिका अस्पतालको छेउमा रहेको जग्गामा १ सय ५० शैयाको नयाँ अस्पताल निर्माण गरिने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा कर्मचारीका लागि क्षमता विकासमा समेत कोरियाले सघाउने भनिएको छ ।

नेपाल सरकारले यो सहयोग र साझेदारीपछि नेपाल र कोरियावीचको मैत्रीपूर्ण सम्बन्ध अझ गाढा भएको जनाएको छ । नेपालका लागि कोरियाली राजदूत पार्क ते–योङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने बताउँदै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताएका छन् ।

कोरिया नेपाली युवाको आकर्षक रोजगार गन्तव्यसमेत हो । कोरियाली भाषा परीक्षा पास गरेका हजारौं युवायुवतीहरू रोजगारीका लागि कोरिया जान प्रतिक्षारत रहेको अवस्था छ ।