Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संघीयता कि सेना ?

०५ शुक्रबार , श्रावण २०८०एक बर्ष अगाडि

संघीयता कि सेना ?

सेनाले खर्च बढाएको हो र ? सेनाले त देशभित्र लगाएको विकास निर्माण गरेकै छ, शान्ति सेनामा गएर कमाएको पैसाले कल्याणकारी कोष चलाएकै छ । फेरि यिनलाई सेना घाँडो हुनु, संघीयता र सांसदको संख्या, तिनले पाउने तलव, भत्ता कटौतीमात्र होइन, विधि बनाउनेले बजेट बोकेर ठेकेदार बन्ने विषय किन बिझेको छैन । के यी सांसद नेपाल र नेपालीकै लागि त हुन् ? खर्च कटौती गर्न, सेवामुखी प्रशासन चलाउन, मितव्ययिता अपनाउन सकिन्छ । भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । सेना युद्धका लागि मात्र चाहिने हो र ? जनयुद्ध बेहोरेको, १२६ जातिको सन्तुलन मिलाउन, संस्थागत रूपमा एकता कायम गराउन, धार्मिक र जातीय सन्तुलनका लागि समेत सेनाको आवश्यकता छ । नेपालको भौगोलिक बनावट जटिल छ, आन्तरिक सुरक्षाकै लागि समेत सेना चाहिन्छ । सेना जति सुदृढ र सुरक्षित हुन्छ, देश सुरक्षित हुनसक्छ ।

सेनाको कटौतीको आवाज अरूले उठाउन लगाएको बुझ्न सकिन्छ । सेना देशका लागि भार बनेकै छैन । देशका लागि उपयोगी काम बढी गरेको छ । सेनाले त अस्थायी हजारौं युवालाई भर्ती गरेर, सक्षम बनाएर विश्वशान्ति र अन्य कार्यमा लगाउन समेत सक्छ । आवश्यक नपरेका बेलामा तिनीहरूलाई सजिलै हटाउन पनि सकिन्छ ।